मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा सामूहिक बलात्कार, ४ जना पक्राउ

आइतबार, १४ भदौ २०७७, १४ : ४७
आइतबार, १४ भदौ २०७७

काठमाडौं । कैलालीको जानकी गाउँपालिकामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा जानकी–९ पूर्व खैरीफाँटा बस्ने १८ वर्षका लोकेन्द्र रावत, कुमार कडारा, शंकर विश्वकर्मा र २० वर्षीय दिपक कडारा रहेका छन् ।

भदौ ११ मा रातको समयमा काकाको घरबाट फर्कंदै गरेकी किशोरीलाई उनीहरुले खेतवारीमा लगेर जबर्जस्ती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले जानकारी दिए । आफुलाई डर, त्रास देखाएर बलात्कार गरेको भन्दै किशोरीले ईलाका प्रहरी कार्यालय टिकापुरमा जाहेरी दिएकी छिन् ।

प्रहरीले पीडितको स्वास्थ्य परिक्षण गरेर चार किशोर विरुद्ध बलात्कार मुद्धा दर्ता गरेको  छ । अदालतबाट म्याद लिएर घटनाको विस्तृत अनुसन्धान शुरु गरिएको डिएसपी विष्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप