राजधानीको खुलामञ्चमा यसरी खुवाइन्छ खाना (तस्बिरहरु)
आइतबार, १४ भदौ २०७७, १८ : ४०
काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण उपत्यकामा निषेधाज्ञा जारी भएपछि थप समस्यामा परेकाहरुलाई राजधानीको खुलामञ्चमा खाना खुवाउन थालिएको छ ।
खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा आइतबार अपरान्ह रातोपाटी पुग्दा खाना खान भेला भएकाहरु करिब ३–४ सयको हाराहारीमा देखिन्थे भने खाना खान आउनेहरुलाई खाना वितरण गर्न स्वयम् सेवकहरु व्यस्त देखिन्थे । जहाँ दैनिक अपरान्ह ४ बजेदेखि समस्यामा परेकाहरुलाई खाना खुवाउने गरिएको छ ।
खानेकुराको अभावमा छाक टार्न समस्यामा परेकालाई हन्ड्रेड ग्रुपलगायतले यसरी खाना खुवाइरहेको हो। हुन त संस्थाले गत चैत १८ गतेदेखि सडकमा निरन्तर खाना खुवाउँदै आएको छ । सुरुमा पशुपति, गुह्येश्वरी, स्वयम्भूलगायतका क्षेत्रमा खाना खुवाइएकोमा पछिल्लो समय खुवामञ्च क्षेत्रमा खाना खुवाउन थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा