शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नरेन्द्र मोदीको ‘मन की बात’ लाई युट्युबमा लाइकभन्दा डिस्लाइक बढी

सोमबार, १५ भदौ २०७७, ०८ : ११
सोमबार, १५ भदौ २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मन की बात’ कार्यक्रम इन्टरनेट प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाका कारण चर्चामा आएको छ ।

आकाशवाणीमा प्रत्येक आइतबार प्रशारण भइरहेको यो कार्यक्रमलाई दूरदर्शनबाहेक थुप्रै नीजि च्यानलले पनि प्रत्यक्ष प्रसारण गर्छ ।

यसका साथै पिआइबी, बिजेपी र मोदीको युट्युब च्यानलमा पनि उक्त कार्यक्रम हेर्न सकिन्छ ।

तर यो आइतबारको मनकी बातको विषयमा यी युट्युब च्यानलमा प्रयोगकर्ताले सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया बढी दिएका छन् । यी तीनै स्थानमा मनकी बातको भिडियोमा लाइक्सको तुलनामा डिस्लाइक बढी छ ।

यो कुरालाई असामान्य मानिँदै छ किनभने यसअघि उक्त कार्यक्रमको विषयमा दर्शकको दृष्टिकोण खासै नकारात्मक थिएन । यस्तोमा यसको कारण के हुनसक्ला भनेर चर्चा हुन थालेको छ ।

कस्तो छ स्थिती ?

यो आइतबार मनकी बातको भिडियो इन्टरनेट प्रयोगकर्ताको प्रतिक्रिया सुरुदेखि नै सुस्त रह्यो । कार्यक्रमको प्रसारण बिहान भएको थियो तर अबेर रातीसम्म स्थितीमा सुधार हुन सकेन ।

खबर लेख्दासम्म भारतीय जनता पार्टीको आधिकारिक युट्युब च्यानलमा यो कार्यक्रमको लगभग पाँच लाख भ्यूज थिए ।

यो च्यानलमा यो भिडियोलाई १० हजार मानिसहरुले लाइक गरेका थिए जबकि १ लाख ८१ हजारले डिस्लाइक गरेका थिए । यो निकै ठूलो अन्तर हो ।

यसै गरी मोदीको आफ्नो युट्युब च्यानलमा पनि यसका ४ लाख ९० हजार भ्यूज थिए । यो भिडियोमा १९ हजार लाइक र ३५ हजार डिसलाइक थिए ।

यसै गरी पिआइबीको युट्युब च्यानलमा ९१ हजार भ्यूज थियो जबकी लाइक ३.२ हजार थियो भने डिसलाइक १० हजार थिए ।

सम्बोधनमा के भनेका थिए मोदीले ?

हरेक पटक भिन्न भिन्न विषयमा कुरा गर्ने मोदीले यसपटक ओणम पर्वको कुरा गरे र भारतीय उद्यमीले खेलौनाको व्यवसायमा सम्भावना खोज्न सुझाव दिए ।

मोदीले स्वदेशी खेलौनाको निर्माणमा जोड दिँदै भने, ‘ग्लोबल टोय इन्डष्टि ७ लाख करोड भारुभन्दा पनि बढी छ तर यति ठूलो कारोबारमा भारतको हिस्सा निकै कम छ ।’

यसका साथै मोदीले डेभलपर्सले भारतमा कम्प्युटर गेम्स बनाउनु पर्ने पनि बताए ।

उनले भने, ‘हाम्रो देशमा आइडिया र कन्सेप्ट छ । भर्चुअल गेम र खेलौनाको क्षेत्रमा पनि निकै महत्वपूर्ण भूमिका निभाउनु छ र अब सबैले लोकल खेलौनाका लागि भोकल हुनेबेला आएको छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप