शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिद्वन्द्वी बाइडनले ट्रम्पलाई भने, ‘हिंसा भड्काउने विषालु नेता’

मङ्गलबार, १६ भदौ २०७७, ०७ : १३
मङ्गलबार, १६ भदौ २०७७

अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनले राष्ट्रपति ट्रम्पलाई ‘कमजोर’ र ‘विषालु’ नेता बताउँदै देशमा हिंसा भड्काएको आरोप लगाएका छन् ।

पेन्सिलवेनियामा बोल्दै बाइडनले डोनल्ड ट्रम्पमा राजमा अमेरिकाले थुप्रै समस्याको सामना गरिरहेको र यो समस्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन् ।

अमेरिकाका केही शहरमा जारी अशान्तिको विषयमा ट्रम्प र बाइडनबीच तनावको स्थिती पैदा भएको छ, यी दुईले एक–अर्कामाथि निशाना साँध्ने गरेका छन् ।

ट्रम्पले कानून तथा व्यवस्थालाई आफ्नो चुनावको प्रचार अभियानको मुख्य मुद्दा बनाएका छन् र बाइडन यसै मुद्दामा उनलाई घेर्ने कोसिस गरिरहेका छन् ।

यस्तै डोनल्ड ट्रम्पले बाइडनले दंगा गर्नेहरुको साटो प्रहरीलाई दोष दिइरहेको बताएका छन् ।

के भने बाइडनले ?

ओरिगनको पोर्टल्याण्डमा भएको हिंसाको विषयमा दुई प्रतिद्वन्द्वी एक–अर्कामाथि निशाना साँधिरहेका छन् ।

शनिबार यहाँ एक दक्षिण पन्धी समूहसँग जोडिएका व्यक्तिको गोली हानी हत्या गरिएको थियो । त्यसतिबेला शहरमा ट्रम्प समर्थक र्यालीमा समावेश मानिसहरुको ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारीसँग भीडन्त भएको थियो ।

गत २५ मे मा मिनयालोलिसमा अफ्रिकी–अकेरिकी जर्ज फ्लोयडको प्रहरीको कारवाहीमा मृत्यु भएपछि प्रदर्शनको सिलसिला पोर्टल्याण्डबाट सुरु भएको थियो र पूरा देशमा फैलिएको थियो ।

ट्रम्प मंगलबार पिस्कोन्सिन जाँदैछन् तर त्यहाँ जेकब ब्लेक नामका एक अश्वेत व्यक्तिलाई प्रहरीको गोलीले मृत्यु भएपछि स्थिती अशान्त बनेको छ ।

पिट्सबर्गमा मंगलबार दिएको भाषणमा बाइडनले भने, ‘राष्ट्रपतिले निकै अघि नै यो देशको नेतृत्वको नैतिक अधिकार गुमाएका थिए । उनले हिंसालाई रोक्न सक्दैनन् किनभने उनले थुप्रै वर्षदेखि यो भड्काएका छन् ।’

उनले भने, ‘हामीलाई अमेरिकामा न्याय चाहिन्छ । हामीलाई अमेरिकामा सुरक्षा चाहिन्छ । हामी थुप्रै संकटको सामना गरिरहेका छौं । यस्ता संकट जुन ट्रम्प शासनमा लगातार बढिरहेको छ ।’

उनले सोधे, ‘ट्रम्पलाई पुनः राष्ट्रपतिको रुपमा चयन गर्दा अमेरिकामा हिंसा कम होला जस्तो कसैलाई लाग्छ ?’

ट्रम्पको प्रतिक्रियाः

ट्रम्पले आफूलाई कानून व्यवस्थामाथि ध्यान दिने नेताको रुपमा प्रचारित गरिरहेका छन् । उनले भनेका छन्, ‘डेमोक्रेट नेता र जो बाइडन अपराध र थुप्रै पटक जातीवादी विरोध प्रदर्शनमा हुने हिंसाको विषयमा नरम धारणा बनाउने गर्छन् ।’

बाइडनको सोमबारको भाषणमाथि प्रतिक्रिया दिँदै ट्रम्पले उनीमाथि देशमा भइरहेको प्रदर्शन र हिंसाका लागि प्रहरीमाथि दोष लादेको आरोप लगाएका छन् ।

उनले ट्वीटरमा लेखे, ‘बाइडनले के भने, त्यो हेरेँ । मलाई लाग्छ कि उनी दंगा गर्नेहरु, अराजकता निम्त्याउनेहरु र लुटेराको साटो प्रहरीलाई धेरै दोष दिइरहेका छन् । उनले प्रहरीमाथि सबै दोष थोपर्न सक्दैनन् किनभने यसो गरे उनले र्याडिकल लेफ्ट बर्नी (स्यान्डर्स) को समर्थन गुमाउनेछन् ।’

यस्तै अर्को एउटा ट्वीटमा ट्रम्पले भनेका थिए, ‘जुन शहरमा यो हिंसा भइरहेको छ । उनका र्याडिकल लेफ्ट मेयर र गभर्नरले आफ्नो आन्दोलनमा नियन्त्रण गुमाएको छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप