शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबारको मौसम पूर्वानुमान, चट्याङ्गसहित भारी वर्षाको सम्भावना

मङ्गलबार, १६ भदौ २०७७, ०७ : ३१
मङ्गलबार, १६ भदौ २०७७

मौसम पूर्वानुमान महाशाखाले मंगलबार मनसुनको न्युन चापीय रेखा पुर्वी र मध्य भूभागमा नेपाल नजिक रहेको जनाएको छ । 

न्युन चापीय रेखा नेपाल नजिक रहेको कारण हाल देशको केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश न.१ र गण्डकी प्रदेशका एक, दुर्इ स्थानहरुमा भारी वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ । 

यसैगरी, मंगलबार दिउँसो देशभर सामान्यतया बदली  रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर सामान्यतया बदली रहि केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप