मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लिदी पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो, अझै २ जना वेपत्ता

मङ्गलबार, १६ भदौ २०७७, १२ : ३७
मङ्गलबार, १६ भदौ २०७७

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा गत साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

सत्र वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पहिरोमा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी  भइरहेकोे प्रहरीले जनाएको छ । पहिरामा ३७ घर क्षतिग्रस्त र ३९ जना बेपत्ता भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप