शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि बढ्यो पेट्रोलको मूल्य

मङ्गलबार, १६ भदौ २०७७, २० : १२
मङ्गलबार, १६ भदौ २०७७

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो । निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएपछि काठमाडौँमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ ।

डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपीग्यासको मूल्य भने यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप