शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेसीले बार्सिलोना छाडिसकेको भाल्डानोको दाबी

बुधबार, १७ भदौ २०७७, ११ : ५१
बुधबार, १७ भदौ २०७७

लियोनल मेसीले बार्सिलोना छाड्ने इच्छा क्लब व्यवस्थापनसमक्ष प्रकट गरिसकेका छन् ।  त्यसयता, मेसीलाई बार्सिलोनामै राख्न क्लब व्यवस्थापन सफल हुन्छ वा हुँदैन भन्ने विषयमा चर्चा भइरहेको छ । अर्जेन्टिना तथा रियल म्याड्रिडका पूर्व खेलाडी तथा प्रशिक्षक जर्ज भाल्डानोको दाबी पत्याउने हो भने मेसी मानसिक रुपमा बार्सिलोनाबाट बाहिरिइसकेका छन् । 

६ पटकका बेलोन डि अर विजेता मेसी सोमबार क्लबको प्रशिक्षणमा पनि आएनन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको  नेतृत्वमा भएको यो पहिलो प्रशिक्षण थियो । 
६४ वर्षीय भाल्डोनाका अनुसार मेसीले निशुल्क स्थानान्तरण हुन पाउने सम्झौता कार्यान्वयनमा भइसकेको छ । जबकी, बार्सिलोनाले अझै पनि मेसीलाई आबद्ध गर्न चाहने क्लबले ७ सय मिलियन पैसा खर्चनुपर्ने बताइरहेको छ । यसअघि मेसीले जुनसम्म क्लब छाड्दा निःशुल्क स्थानान्तरण हुन पाउने व्यवस्था सम्झौतामा उल्लेख थियो । तर कोरोना भाइरसका कारण यो सिजन लम्बिएकाले अगस्टको अन्तिमसम्म क्लब छाड्न पाउनुपर्ने मेसीको माग छ ।
यही सम्झौताअनुसार मेसीले क्लब छाडेको भाल्डानोको दाबी छ । मेसीलाई क्लबमा आबद्ध गर्ने दौडमा इंलिस क्लब म्यानचेस्टर सिटी पहिलो नम्बरमा छ भने पेरिस सेन्ट जर्माइन र इन्टर मिलानले पनि उनलाई पछ्याइरहेका छन् । 
‘उनी अर्को क्लबमा जान्छन् वा अर्जेन्टिना फर्कन्छन्, तर उनले बार्सिलोना छाडिसकेका छन् । म पूर्ण विश्वस्त छु, कुनै दुविधा छैन,’ भाल्डानोले एक टेलिभिजन शोमा भनेका छन्, ‘जति चाडैं बार्सिलोनाले इतिहासकै महंगा खेलाडीलाई गुमायौं भनेर महसुस गर्नेछ, त्यति चाडैं उनले टिम पुनर्निर्माणमा ध्यान दिन सक्नेछ ।’

तर यो पनि अनुमान लगाइएको छ कि मेसीले आफ्नो निर्णय यु–टर्न गर्नेछन् । जसरी, २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएपछि सन्यास लिने निर्णय लिएपनि अन्तत केही महिनापछि उनी टोलीमा फर्किएका थिए । 

‘तर यो बिलकुल फरक अवस्था हो किनकी त्यहाँ कुनै सम्झौता वा यस्तै परिस्थिती थिएन जतिबेला मेसीले अर्जेन्टिनाको टोली छाडे अनि फर्किए,’ भाल्डानोले भने, ‘त्यहाँ कुनै व्यक्तिगत समस्या थिएन । मलाई थाहा छैन अहिलेको अवस्था कति लामो समय चल्नेछ, जो क्लब, खेलाडी र लालिगाका लागि घातक छ ।’

उनी थप्छन्, ‘बार्साका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले सोच्नैपर्छ कि जब मेसीले छाड्नछन् तब उनी पनि बिदा हुनुपर्छ । तर मलाई लाग्छ यो अवस्था बार्साका लागि हानिकारक छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप