बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

८ हप्ताको शिशुले पितालाई भने – हेलोः सबैभन्दा कम उमेरमा बोल्ने बच्चा हुन् त ?

बिहीबार, १८ भदौ २०७७, ०८ : ५४
बिहीबार, १८ भदौ २०७७

८ हप्ताको शिशुले आफ्नो पितालाई हेलो भनेर सबैलाई अचम्मित पारिदिएका छन् । चार्ली नाम दिइएको उक्त बालक सबैभन्दा कम उमेरमा बोल्ने संसारको पहिलो बच्चाको रुपमा हेरिएको छ । बेलायतका निक र क्यारोलिन आफ्नो सन्तानको पहिलो बोली यति कम उमेरमा सुन्दा निकै उत्साहित भएका छन् ।

सोसल मिडियामा प्रकाशित भएको भिडियोमा निकले आफ्नो छोरालाई हेलो भनिरहेका छन् । बच्चाले आफ्नो बुवाको बोली फर्काउन निकै कोसिस गर्छ । पछि बालक हेलो भन्न सफल हुन्छ र पटक पटक दोहोराउँछ । भिडियो बालककी आमा क्यारोलिनले सुट गरेका हुन् ।

बारम्बार मुस्कुराउँछः

क्यारोलिन भन्छिन्, ‘हामी उसको भिडियो बारम्बार हेरिरहन्छौं । हामीलाई गर्वको अनुभव भइरहेको छ । हाम्रो छोरा यो उमेरमा पनि बारम्बार मुस्कुराइरहन्छ । साधारणतया बच्चा १० देखि १४ महिनाको उमेरमा बोल्न सुरु गर्छन् । हाम्रो अर्को छोराले नै ६ महिनामा बोल्न सुरु गरेको थियो । ’

सोसल मिडियामा आइरहेका छन् विभिन्न प्रकारको कमेन्टः

केही सोसल मिडिया प्रयोगकर्ताले यसलाई जादु बताइरहेका छन् भने कति निकै आश्चर्यमा परेका छन् । यस्तै, केही मानिसहरुले भने कम उमेरमा बोल्ने बच्चाको दाबी गरिएको माथि प्रश्न उठाइरहेका छन् । उनीहरुले बच्चाले यत्तिकै आवाज निकालेको हो, उसले बोलेको होइन भनिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप