शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हैट, यो त डमी ट्राफिक पो रहेछ ! (फोटोफिचर)

बिहीबार, १८ भदौ २०७७, ०९ : ०३
बिहीबार, १८ भदौ २०७७

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य चोकमा हातमा सूचनामूलक प्लेकार्ड बोकेका ट्राफिक २४ सै घण्टा उभिइरहन्छन् । चर्को घाम र दर्के झरीको बेवास्ता नगरी उभिने ती साँच्चैका ट्राफिक हैनन्, डमी हुन् ।

ट्राफिक प्रहरीको सेतो टोपी र बर्दीमा टिचिक्क परेर उभिएका ती डमी देख्दा चालक झुक्किन्छन् । नियालेर हेरेपछि मात्रै थाहा वास्तविकता थाहा पाउँदा बुधबार कोटेश्वरमा एक चालक भन्दै थिए,–‘हैट, यो त डमी पो रहेछ ।’  

काठमाडौं महानगरपालिकासँगको समन्वयमा ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका २३ ठाउँमा ‘डमी ट्राफिक’ राखेको ट्राफिक महाशाखाका एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए ।

अहिले डमीको हातमा ट्राफिक नियम उल्लंघन गरेमा ५ सय देखि १० हजार जरिवाना हुने वोर्ड राखिएको छ । ती सूचना आवश्यकता अनुसार परिवर्तन गरिन्छ । त्यहाँ कोभिड–१९ र काठमाडौं महानगरपालिकाका बोर्डहरु पनि राखिने प्रहरी वरिष्ठ उपरीक्षक ढकालले जानकारी दिए ।

अष्टे«लियाका घना जंगल र जापानमा पनि डमी ट्राफिक राखेर चालकलाई सचेत गराएको सिको गर्दै ट्राफिक महाशाखा प्रमुख ढकालले नेपालका सडकमा डमी राख्न पहल गरेका थिए ।

‘मापसे गरेर हिँडेका चालक र तीव्र्र गतिमा गाडी चलाइरहेका चालक डमी ट्राफिक देखेर पक्कै सचेत हुन्छन्,’ एसएसपी ढकाल भन्छन्, ‘यसबाट सम्भावित दुर्घटना कम गर्न सकिन्छ ।’

सिंहदरबार, माइतिघर, नयाँ बानेश्वर, बालुवाटार, नागढुंगा, जगाती, कोटेश्वरसहित २३ ठाउँमा राखिएका डमीको संख्या थपेर ५० ठाउँमा राख्ने ट्राफिक प्रहरी महाशाखाको तयारी छ । 

तस्बिरहरु : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप