शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङ बाढीः सभामुख सापकोटा मर्माहत

बिहीबार, १८ भदौ २०७७, २२ : १४
बिहीबार, १८ भदौ २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ भुसुण्डे, दुनापोखरा, लाकुरीबोटमा अविरल वर्षापछिको पहिरो र सुकुर्दुङ खोलामा आएको बाढीले धनजनको क्षति भएको खबरले मर्माहत भएको बताएका छन् ।

आज वक्तव्य जारी गरी उनले दुःखद घटनामा निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । सुकुर्दुङ खोलामा आएको बाढीले १२ जनाको मृत्य र ४१ जना बेपत्ता भएको छन् । 
यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि सो घटनाबाट निकै ठूलो धनजनको क्षति भएको खबरले आफू स्तब्ध बनेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप