शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबारको मौसम पूर्वानुमान

शुक्रबार, १९ भदौ २०७७, ०७ : ४२
शुक्रबार, १९ भदौ २०७७

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । 

महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा  नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ ।

महाशाखाले हाल देशको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आशिंक बदली रहेको जनाएको छ । 

महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । 

यसैगरी, देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप