केन्द्रीय संस्करण

लकडाउनः सुरक्षा कि आतङ्क ?

person explore access_timeभदौ १९, २०७७ chat_bubble_outline0

म पत्रकार । मसँग सूचना तथा प्रशारण विभागले दिएको परिचयपत्र छ । समाचार डेक्सको जिम्मेवारी भएकाले मलाई फिल्डमा जानुपर्ने आवश्यकता पर्दैन । र, मैले मेरो परिचयपत्रको दुरुपयोग गरेर घुम्न जाने वा अरु फाइदा उठाउने काम पनि गरेकी छैन । तर, म सोह्रखुट्टे नजिकै बसेर काम गर्ने र नयाँबजारमा खानाखाने भएकाले दिनमा दुईपटक आउजाउ गर्नुपर्ने हुन्छ । म सधैं सेनिटाइजर, मास्क र ग्लोब्सको प्रयोग गरेर पूर्ण सावधानीका साथ हिँड्ने गर्छु ।

तर लकडाउन, सटडाउन वा निषेधाज्ञाको बीचमा मैले भोगेका र देखेका दृश्य पट्यारलाग्दा छन् । ती दृश्यहरुले स्वाभाविक प्रश्नहरु उब्जाएका छन्, जारी निषेधाज्ञा कोरोना संक्रमणबाट जोगिन हो कि नागरिकलाई सास्ती दिन ?

कोरोना महामारीको यो विषम परिस्थितीमा फ्रन्टलाइनमा खटिएका प्रहरीका थुप्रै समाचार हरेक दिन जसो पोष्ट गर्ने गरेकी छु । महामारीको पर्वाह नगरी फ्रन्टलाइनमा खटिएर कर्तव्य निर्वाहसँगै स्वच्छ मनले आफ्ना देशका नागरिकको सुरक्षामा खटिने तमाम प्रहरीमा मेरो सलाम छ । तर, यहि समयमा मैले देखेका र भोगेका केही तिता यथार्थहरु पनि छन् । जहाँ प्रहरी प्रशासन यति निर्मम बनेर उभिएको छ कि, ऊ कसैको भावना वा समस्या बुझ्ने प्रयास नै गर्दैन । महामारीले त्राहित्राहि बनेका जनता प्रहरीको व्यवहारले मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् । जुन कुरालाई यी परिदृश्यले पुष्टि गर्छन् ।

‘ओइ तलाईं थाहा छैन कर्फ्यु भन्ने ??’ यत्तिकैमा भ्यानको पछाडि बस्ने एक प्रहरी सिपाइ झरे । अनि फेरि भ्यानमा नै चढे । सायद अगाडि बस्ने प्रहरीहरुको आदेश फेरि भ्यानमा चढ्ने आयो होला । म वारी नै हिँडिरहेँ । भ्यानसम्म पुगेर जवाफ नदिँदै भ्यान हुँइकियो । म पछि पछि गएँ । भ्यान सोह्रखुट्टे तिर गयो ।

परिदृश्य १

नयाँबजार फुटबल ग्राउण्ड नजिकै स्कुटी लिएर निस्किँदै थिए । सोही क्रममा साइरन बजाउँदै प्रहरीको गाडी आयो । नजिकै आएर एक प्रहरीले झ्यालबाट नै भने, ‘ओइ यो स्कुटी कसको हो ? तेरो ? तलाई यहाँ राख्न हुँदैन भन्ने थाहा छैन ?’ उहाँको बोली यति रुखो र डाँको यति ठूलो थियो कि, मैले जवाफ दिनै सकिनँ । त्यसै आत्तिएँ ।

परिदृश्य २

भदौ १ गतेबाट दोस्रो चरणको लकडाउन भयो जसलाई सरकारले निषेधाज्ञा भन्यो । निषेधाज्ञाकै बीच भदौ ४ गते बेलुकीको कुरा हो म नयाँबजारबाट खाना खाएर घर फर्किदै थिएँ । नयाँबजारको सडकमा बालाजुतिरबाट प्रहरीको गाडी आयो । अनि, म दायाँ साइडमा थिएँ । प्रहरीको भ्यान बायाँ साइडमा । त्यहीं रोकिएको गाडीबाट ठूलो डाँकोमा प्रहरी बोले, ‘ओइ तलाईं थाहा छैन कर्फ्यु भन्ने ??’ यत्तिकैमा भ्यानको पछाडि बस्ने एक प्रहरी सिपाइ झरे । अनि फेरि भ्यानमा नै चढे । सायद अगाडि बस्ने प्रहरीहरुको आदेश फेरि भ्यानमा चढ्ने आयो होला । म वारी नै हिँडिरहेँ । भ्यानसम्म पुगेर जवाफ नदिँदै भ्यान हुँइकियो । म पछि पछि गएँ । भ्यान सोह्रखुट्टे तिर गयो ।

परिदृश्य ३

मंगलबार (भदौ १६ गते) साँझ अफिसको काम सकेर फेरी नयाँबजार खाना खान जाँदै थिएँ । फलफूल चोकभन्दा अलि तल नयाँबजारतिर गल्लीको मुखमा एकजना दिदी लगभग ५० मुठा जति साग र केही तरकारी लिएर बस्नुभएको थियो । फलफूल चोकतिरबाट प्रहरीको भ्यान हुइकिँदै आयो । सडक वरिपरि  खोलिएका एकाध पसलका सटरहरु धमाधम बन्द गर्न थालिए । एकछिन त्यहाँ सटरको आवाज बाहेक केही सुनिएन ।

उनले फोन डायल गर्नै नभ्याइ भाइ आइपुगे । तर, भाइसँगसँगै चालक सिटमा बसेका प्रहरी पनि निस्किए र साग बेच्ने दिदीको भाइलाई लात्तीले हाने । ती भाई हुत्तिएर म उभिए नजिकै आइपुगे । उनको अनुहारमा लाचार र निरीहपन झल्कन्थ्यो । उनको हातमा रित्तो क्यारेट र एउटा मुडा थियो । उता, दिदी रुँदै थिइन् । भन्दै थिइन्, ‘यही दुई–चार मुठा साग बेच्न नपाए हामी भरे के खाने ?’ कठै ! ती दिदीको चित्कार सुन्ने फुर्सद कहाँ छ र ती प्रहरीलाई ?

तरकारी बेच्न बसेकी दिदी पनि साग पोको पार्न थाल्नुभयो । उहाँको अगाडि प्रहरीको भ्यान रोकियो । प्रहरी भ्यानको पछाडिपट्टिको सीटबाट एकजना प्रहरी जवान निस्किए ।

उनले ती दिदीलाई भने, ‘बन्द गर्ने समय भएपछि बन्द गर्नुपर्दैन ?’ उनले ती दिदीको साग राखिएको क्यारेट खोतल्दै केही नभएको संकेत दिए, चालक सिट नजिकै बस्ने प्रहरीलाई । म नजिकैबाट यो सब दृश्य नियालिरहेकी थिएँ ।

दिदीलाई ‘छिटो भाग ! छिटो भाग !’ भनिरहेका थिए । दिदीले मोबाइल निकालेर भनिन्, ‘पख्नुस् न, भाइलाई बोलाउनुपर्छ यी सामानहरु उठाउन ।’

दिदीको मोबाइलमा उज्यालो मात्रै देखियो ।  उनले फोन डायल गर्नै नभ्याइ भाइ आइपुगे । तर, भाइसँगसँगै चालक सिटमा बसेका प्रहरी पनि निस्किए र साग बेच्ने दिदीको भाइलाई लात्तीले हाने । ती भाई हुत्तिएर म उभिए नजिकै आइपुगे । उनको अनुहारमा लाचार र निरीहपन झल्कन्थ्यो । उनको हातमा रित्तो क्यारेट र एउटा मुडा थियो ।

उता, दिदी रुँदै थिइन् । भन्दै थिइन्, ‘यही दुई–चार मुठा साग बेच्न नपाए हामी भरे के खाने ?’ कठै ! ती दिदीको चित्कार सुन्ने फुर्सद कहाँ छ र ती प्रहरीलाई ? दिदीको रुवाइ मेटाउँदै साइरन बजाउँदै प्रहरीको भ्यान अगाडि बढ्यो ।

यी सब दृश्य नियालीरहेकी मलाई ती दिदीबारे जान्न मन लाग्यो । र अर्को दिन त्यही पुगेर सोधखोज गरेँ ।

काठमाडौँका गल्लीमा यसैगरी, तरकारी बेचेर दुई छोराहरुको लालनपालन गर्दै आइरहेकी रहिछन् । उनको श्रीमान वेपत्ता भएको पनि वर्षौ भएको रहेछ । जिउँदै छन् या छैनन् केही पत्तो छैन रे अहिलेसम्म ।  

यतिले मात्र उनको दुःख कहाँ भरिएको रहेछ र । उनी त अपाङ्ग पो रहिछन् । खुट्टाका गोलीगाठाभन्दा तलका भाग नै रहेनछन् । त्यसैले त सागका क्यारेट बोकेर भाग्न नसकेकी रहिछन् । मलाई अब उनको दुःखको घाउ योभन्दा बढी कोट्याउन उचित लागेन र त्यहाँबाट निस्किए ।

मनमा कुरा खेलिरह्यो प्रश्नहरु उव्जिरहे । लकडाउनकै समयमा पनि अनलाइनको नाममा चलिरहेका तरकारी, खाद्यान्नलगायत अन्य व्यापारलाई सरकारले छुट दिने तर यसरी दुई छाकका लागि संघर्ष गरिरहेका दुःखी गरिबलाई भने हेर्नु पर्दैन सरकार ? 

यी त केही प्रतिनिधि परिदृश्य मात्रै हुन् । सहरका गल्ली–चोकमा यस्ता पीडित नागरिक र निर्मम प्रशासनको दादागिरी प्रशस्तै देख्न पाइन्छ । अहिले आमनागरिकमा यो प्रश्न उब्जिएको छ कि, ‘लकडाउन गरेर सरकारले सुरक्षा गर्न खोजेको हो कि यातना दिन ?

प्रहरी प्रशासन किन यतिधेरै असंवेदनशील र अबुझ बन्दैछ । सरकार वा प्रशासन नागरिकको सुरक्षाका लागि हुनुपर्ने हो । तर, यहाँ प्रशासन नै जनविरोधी छ । किन यसरी विकास भइरहेछ यो संरचना ? मनमा निरन्तर प्रश्न खेलिरहन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.