शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा प्लाज्मा थेरापी गरिएकी सङ्क्रमितको मृत्यु

शुक्रबार, १९ भदौ २०७७, १६ : ०३
शुक्रबार, १९ भदौ २०७७

चितवन । चितवनमा कोभिड–१९ सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज अपराह्न १ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

ती महिलाको बिहीबार राति मात्रै डा शीतल अधिकारी र डा. लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप