शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ऐश्वर्याको प्रेममा पागल थिए विवेक, यसकारण भयो ‘ब्रेकअप’

शनिबार, २० भदौ २०७७, १० : ४६
शनिबार, २० भदौ २०७७

एजेन्सी – बलिउडका अभिनेता विवेक ओबरोय ४४ वर्षका भए । उनले बलिउडमा सन् २००२ मा डेब्यु गरेका थिए । 

विवेक ओबरोय फिल्ममा गरेको अभिनय र फिल्मभन्दा पनि ऐश्वर्या राय र सलमान खानका कारण चर्चामा रहे । 

सलमान र ऐश्वर्याको प्रेमसम्बन्धले त निकै चर्चा पायो तर विवेकसँग ऐश्वर्याको प्रेमसम्बन्ध थियो भनेर कमैलाई मात्र थाहा छ । ऐश्वर्या र विवेकको प्रेम गहिरो थियो । उनीहरु एकअर्काप्रति प्रेममा निकै गम्भीर पनि थिए । पहिलोपटक फिल्म ‘क्यों हो गया न’ को सेटमा भेटेका थिए ।  

सलमान खानसँग सम्बन्ध टुटेपछि उनले विवेकसँग अफेयर राखेकी थिइन् । ऐश्वर्याले विवेकसँगको सम्बन्धलाई गम्भीर रुपमा लिएकी थिइन् । दुवै विभिन्न कार्यक्रममा सँगसँगै देखिन्थे । 

तर, सलमान खान ऐश्वर्या र विवेकलाई कुनै न कुनै बाहानामा दु:ख दिइरहन्थे । कहिलेकाँही फिल्म सेटमा समेत पुगेर ऐश्वर्या र विवेकलाई सताउँथे । सलमानले गरेका हर्कतका कारण ऐश्वर्या र विवेकको सम्बन्धमा विस्तारै दरार आयो र बेक्रअप समेत भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप