शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार तपाईंको दिन कस्तो रहला ? यसो भन्छ राशिफल

सोमबार, २२ भदौ २०७७, ०६ : ०२
सोमबार, २२ भदौ २०७७

वि.सं.२०७७ साल भाद्र २२ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–पंचमी,३१ घडी ४५ पला,बेलुकी ०६ बजेर २८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–भरुणी,अहोरात्र । योग– ध्रुव,२६ घडी २२ पला,बेलुकी ०४ बजेर १८ मिनेट उप्रान्त व्याघात । करण–तैतिल,बेलुकी ०६ बजेर २८ मिनेट उप्रान्त गर । आनन्दादिमा–चर योग । चन्द्रराशि–मेष । 

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १५ मिनेट । दिनमान ३१ घडी १५ पला । पञ्चमी श्राद्ध। निजामती सेवा दिवस। 


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चनुपर्नेछ । सन्तुलित व्यावहार गर्न नसक्दा आफन्तहरु तपार्ईँदेखि टाडिनेछन् । माया प्रेममा अविश्वास तथा पति पत्नि विच मनमुटाव बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानसिक तनाब बड्नेछ । समयको र परिस्थितिको राम्रो सँग ध्यान दिनुहोला  समय मध्ययम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

लामो समयदेखि थाती रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन् । यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । स्वदेश तथा विदेशमा उत्पादित सामानको व्ययावसाय फस्टाएर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्कालाई विस्वास गर्दै अगाडी बढ्न सकिने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पूरा हुने हुनाले मन चङगा हुनेछ ।  भूमि बाहन तथा पैत्रिक सम्पतीको उपयोग गरी थप फइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्वपूर्र्ण उपलव्धी हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउने तथा गरीरहेको ठाउमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनी ध्यान जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । नोकरिमा बढुवा हुने तथा अनुकूल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुदा मन खुसी रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निविच बिश्वासको बाताबरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यावसाय तथा शेयर बजार जस्ता क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सुचारु हुनेछन् भने नयाँ काम गरी मनग्गे धन संग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशङशा पत्र जित्न सकिन्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दिदि बहिनीहरुको सहयोग पाइने  हुँदा कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ ।
 
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्रा हुनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्वन्धी पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ  लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काविच नजिक हुने तथा रमाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउँने हुनाले मन प्रशन्न हुनेछ । शेयर बजारमा गरीएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पुरा हुनेछन्  ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रयत्न गर्दा महत्पपूर्ण कामहरु सम्पादन हुनेछन् । पछी सम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानी बढ्ने हुदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी बढाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाई हरुसँगको सम्बन्धमा नयाँ पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ ।

मीन

(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउने तथा पद प्रतिष्ठा पाउने समय रहेकोछ । नयाँ काम गरी मनग्गे आम्दानी वढाउन सकिनेछ । व्यापार व्यावसायमा समय थोरै दिएपनि मनग्गे आम्दानी हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । आट पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ ।
 
तपाईँ दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डिपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहील,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन वनाउन,चिना हेराउन तथा वास्तुसँग सम्बन्धीत जानकारिको लागी अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप