शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा २४ घण्टाभित्र भेटिए ९१,७२३ संक्रमित, बिरामीको आँकडा ४२ लाख पार

सोमबार, २२ भदौ २०७७, ०६ : ५३
सोमबार, २२ भदौ २०७७

भारतमा कोरोना बिरामीको आँकडा ४२ लाख पार भइसकेको छ । हालसम्म ४२ लाख २ हजार ५ सय ६२ व्यक्ति संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ९१ हजार ७ सय २३ नयाँ बिरामी थपिएका छन् । एकैदिन भेटिएको यो हालसम्मको सर्वाधिक संख्या हो । यसअघि शनिबार ९० हजार ६ सय बिरामी भेटिएका थिए ।

यस्तै भारतमा ३२ लाखभन्दा बढी संक्रमित निकोसमेत भइसकेका छन् । आइतबार ६८ हजार ८ सय १२ संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरियो । यस्तै ८ लाख ८१ हजार ६ सय ९१ बिरामीको अहिले पनि उपचार चलिरहेको छ । ७१ हजार ६ सय ८७ बिरामीको मृत्यु भइसकेको छ ।

आइतबार महाराष्ट्रमा मात्रै २३ हजार ३ सय ५० नयाँ संक्रमित भेटिए । एकैदिन भेटिएका संक्रमितको यो सबैभन्दा ठूलो संख्या हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप