मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानाध्यापक अपहरणमा संलग्न विप्लवका जिल्ला सदस्य काठमाडौंबाट पक्राउ

सोमबार, २२ भदौ २०७७, ०७ : ३२
सोमबार, २२ भदौ २०७७

काठमाडौं – सिन्धुलीको तिनपाटन गाउँपालिकास्थित भिमसेन निमाविका प्रधानाध्यापक नारायण भण्डारीको अपहरणमा संलग्न विप्लवका एकजना जिल्ला नेतालाई प्रहरीले काठमाडौंबाट पक्रेको छ ।

अपहरणमा संलग्न विप्लव समूहका सिन्धुली जिल्ला समिती सदस्य राजिव सुनुवारलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी एसपी रञ्जु सिग्देलले रातोपाटीलाई बताइन् ।

भदौ १३ मा छात्रवृत्ति वितरणको तयारी भईरहेको बेला प्रअ भण्डारीलाई करिब एक दर्जनको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । गाउँलेले उनलाई महभीरको जंगलबाट अपहरणमुक्त गरे ।

अपरहणमा संलग्न गोलन्जोर–१ घर भएका राजिव त्यहाँबाट भागेर काठमाडौं आए । काठमाडौंको जोरपाटी स्थित नेपाल अर्थोपेडिक अस्पतालमा उनि नाम बदलेर भर्ना भएका थिए । रुद्र बहादुर सुनुवारको नाममा अस्पताल भर्ना भएका उनलाई आईतबार साँझ अस्पतालले डिस्चार्ज गरेपछि महानगरीय अपराध महाशाखाले पक्रेर सिन्धुली पठाएको हो ।

राजिव सहित प्रअ अपहरणमा संलग्न ९ जना पक्राउ परेका छन् । उनिहरुलाई अपहरण तथा विष्फोटक पदार्थ मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको सिन्धुलीकी एसपी सिग्देलले बताईन् । प्रहरीले विप्लवका कार्यकर्ताको साथबाट सुतली बम पनि बरामद गरेको छ ।

जिल्ला सदस्य राजिवको पुराना मुद्दा सिन्धुली जिल्ला अदालतमा बिचाराधीन छ । उनी अदालबाट फरार आरोपी पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप