बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज– पोर्चुुगलबाट ब्राजिल स्वतन्त्र

सोमबार, २२ भदौ २०७७, ०७ : ३९
सोमबार, २२ भदौ २०७७

७ सेप्टेम्बर सन् १८२२ मा ब्राजिलले पोर्चुुगलबाट स्वतन्त्रता घोषणा गर्‍यो । त्यसअघि १८ औं शताब्दी र १९ औं शताब्दीको सुरुवातमा ‘संयुक्त अधिराज्य पोर्चुगल, ब्राजिल र अल्र्गाभेज’ नामक विशाल साम्राज्यको हिस्साका रुपमा ब्राजिल थियो । युरोपदेखि दक्षिण अमेरिकासम्म फैलिएको यस साम्राज्यअन्तर्गत ब्राजिलमा राजा जोआओ छैटौंको शासनकालमा तिव्र विकास र शहरीकरण सुरु भयो ।

विश्वविद्यालय तथा बैंक र अन्य महत्वपूर्ण संस्थानहरुको स्थापना पनि यही समयमा गरियो । इङल्यान्डसहित अन्य देशहरुसँगको व्यापारका लागि बन्दरगाहहरु निर्माण भए । १८२२ मा ब्राजिलको शासनसत्ता आफ्ना छोरा पेड्रोको काँधमा सुम्पिएर राजा जोआओ पोर्चुुगल फर्किए । तर, उदारवादी विचारधाराबाट प्रभावित पेड्रोले ७ सेप्टेम्बरमा पोर्चुुगिज साम्राज्यबाट ब्राजिल स्वतन्त्र भएको घोषणा गरिदिए । यस घोषणालाई राजा जोआओले सन्धीमार्फत औपचारिक मान्यता दिन भने थप ३ वर्ष लाग्यो ।

पेड्रोपछि उनका छोरा पेड्रो दोस्रो यहाँ राजा बने । उनले आफ्नो शासनकालमा धेरै सामाजिक सुधारका कामहरु थाले । जसअन्तर्गत १८८८ मा उनकी छोरीले दासप्रथा अन्त्य गरिदिइन् । राजकुमारीको यस्तो निर्णय विशेषगरी अफ्रो–ब्राजिलीमाझ लोकप्रिय रहेपनि जमिन्दारहरुलाई पाच्य भएन । जसकारण, जमिन्दार र कुलीनहरु राजतन्त्र हटाउन एकजुट भएर लागे । अन्तत, सैनिक ‘कुु’ मार्फत डियोदोरो दा फोन्सेकाले राजालाई अपदस्थ गरे, जसकारण बाध्य भएर शाही परिवार युरोपमा निर्वासित हुुनुपर्‍यो । १५ नोभेम्बर १८८९ मा ब्राजिलमा गणतन्त्र घोषणा भयो र फोन्सेका पहिलो राष्ट्रपति बने । 

त्यसयता झन्डै ६ वर्ष सैन्य शासनको जालोमा ब्राजिल फस्यो । बिस्तारै यहाँ प्रजातन्त्र बहाल भयो । प्राकृतिक स्रोत –साधनले भरिपूर्ण ब्राजिल आज विश्वका ठूला १० अर्थतन्त्रमध्ये पर्छ । दासप्रथा अन्त्यसहित सुधारका अनेकौं काम गरेकाले अन्तिम राजा पेड्रो दोस्रो र उनकी छोरी राजकुमारी इसाबेलको नाम यहाँको इतिहासमा उच्च सम्मानका साथ अंकित छ ।

अन्य घटनाक्रम

१८१२– नेपोलियनसँग रुसी सेना पराजित ।

१९२१– मिस अमेरिका प्रतियोगिताको सुरुवात ।

१९२७– इलेक्ट्रोनिक टिभी बनाउने काममा फिलियो टेलरलाई सफलता

१९४०– दोस्रो विश्वयुद्धका दौरान जर्मनीले आफ्नो वायुसेनामार्फत बेलायतका शहरमा बमबारी सुरु गर्‍यो ।

Title Photo: https://upload.wikimedia.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप