प्रहरीमाथि हातपात गरेको आरोपमा मुद्दा दायर
स्याङजा । प्रहरीले काममा खटिएका सुरक्षाकर्मीमाथि हातपात गरेका आरोपमा एक युवकलाई पक्राउ गरी मुद्दा चलाएको छ । वालिङ नगरपालिका –८ स्थित वालिङ मोडमा खटिएका प्रहरी हवल्दारमाथि हातपात गरेका आरोपमा वालिङ नगरपालिका ६ घर भई वालिङ –८ मा बस्दै आएका २७ वर्षीय प्रतीक गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अभियुक्तमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसूरअन्तर्गत अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयबाट आइतबार १५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार राति प्रहरी हवल्दारले राति हिँडडुल नगर्न आग्रह गर्दा मदिरा सेवन गरेका गुरुङले कुटपिट गर्नाका साथै प्रहरीको बर्दीसमेत च्यातिदिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल