शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिलाहरुका लागि बेसार कति उपयोगी ?

मङ्गलबार, २३ भदौ २०७७, ११ : ३७
मङ्गलबार, २३ भदौ २०७७

एजेन्सी – हरेक घरको भान्सा पाइन्छ –बेसार । योबिना खाना बनाइँदैन । खानाको स्वाद बढाउन र रङ दिन प्रयोग हुने बेसार महिलाहरुका लागि भने निकै उपयोगी मानिन्छ । 

बेसारमा एन्टी अक्सिडेन्ट, एन्टी भाइरल, एन्टी इन्फ्लामेशन, एन्टी ब्याक्टेरिया र एन्टी माइक्रोबिल जस्ता तत्वहरु पाइन्छ । यसका साथै, बीटा केरोटीन, एसकर्भिक एसिड, भिटामिन सी, क्याल्शियम, फाइबर, आइरन, पोटाशियम, जिङ्क जस्ता पदार्थहरुले भरिएको बेसार महिलाहरुको महिनावारी, इम्युन सिस्टम, गर्भावस्था, पीसीओडी जस्ता समस्याहरुमा प्रयोग गर्न सकिन्छ । पोलिसिस्टिक ओभरी डिसअर्डर महिलाहरुमा हुने समस्या हो । यो समस्या महिलाहरुको भित्रि अंगहरुमा हुने हर्मोनको असन्तुलका कारण हुन्छ । यो समस्यामा महिलाहरुको भित्रि अंगमा पुरुष हर्मोन एन्ड्रोजनको मात्रा बढ्दा देखिने लक्षण हो । यसमा समेत बेसारको प्रयोग लाभदायी मानिन्छ । 

बेसार महिलाका लागि कति फाइदाजनक ? 
रोगप्रतिरोधी क्षमता बढाउन

चिया वा पेय पदार्थमा बेसार मिसाएर प्रयोग गर्नुपर्छ । प्रत्येक दिन खानामा बेसारको प्रयोग गर्ने गर्नुपर्छ । यसका साथै पेय पदार्थमा समेत बेसारको प्रयोग गरेको खण्डमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । 

महिनावारीको समस्या 
महिनावारीसम्बन्धी कुनै पनि समस्यामा बेसारको प्रयोग गर्ने गर्नुपर्छ । यसले शरीरमा हुने दुखाई कम गर्छ भने दिमाग पनि स्वच्छ राख्छ । साथै, यसले यौनाङ्गमा हुने संक्रमणबाट समेत बचाउँछ । 

हर्मोनका लागि 
महिलाहरुमा हुने हर्मोनसम्बन्धी असन्तुलनका लागि बेसार फाइदाजनक हुन्छ । बेसारले महिलाहरुमा हुने भित्रि समस्याहरुमा लाभ दिन्छ । 

कम्मर दुख्ने समस्या
कम्मर वा ढाड दुख्ने समस्या भएका महिलाहरुका लागि बेसारको प्याक फाइदाजनक हुन्छ । दुखेको ठाउँमा बेसारको प्याक बनाएर लगाउँदा दुखाई कम हुन्छ । 

स्तनपान गराउने महिलालाई 
स्तनपान गराइरहेकी महिलाहरुको स्तन प्रायः सुन्निने, गाँठा बस्ने तथा दूध कम आउने समस्या देखापर्छ । यस्तो अवस्थामा दूधमा बेसार मिसाएर पिउँने वा खानेकुरामा बेसार मिसाएर खाँदा समस्या कम हुन्छ । 

गर्भवती र बच्चाका लागि 
गर्भावस्थाको समयमा महिलाहरुमा विभिन्न समस्याहरु देखापर्छन् । गर्भावस्थामा शिशु र आमाका लागि सन्तुलित मात्रामा बेसार खाने गर्दा दुवैको स्वास्थ्य मजबुत हुन्छ । तर, गर्भावस्थामा बेसार खानामा प्रयोग गरिने जति मात्रै सेवन गर्नुपर्छ । बेसारलाई अन्य तरिका अपनाएर खानुहुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप