मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दुई सहकर्मीलाई यौन शोषण गरेको आरोपमा अस्पतालका लेखाअधिकृत पक्राउ

मङ्गलबार, २३ भदौ २०७७, १४ : ३९
मङ्गलबार, २३ भदौ २०७७

पोखरा । अस्पतालका दुई महिला सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले बताए । अधिकृत सुवेदीलाई करणीसम्बन्धी कसुरमा मुद्दा परेपछि गिरफ्तार गरिएको प्रवक्ता हमालले बताए ।

लेखाअधिकृत सुवेदीले आफुलाई बारम्बार डर धम्की देखाई यौन शोषण गरेकाले कारबाही गरिपाउँ भनि अस्पतालकै एक महिला कर्मचारीले मजदूर युनियनमा निवेदन दिइएको बताइएको छ । ती पीडित कर्मचारीको उजुरी परेसँगै सुवेदीलाई अस्पताल प्रशासनले भादौ १ं९ गते निलम्बन गरेको थियो ।

अस्पतालमा उजुरी दिएकी महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दिएकी थिइन् । ती पीडितसँगै अन्य एक महिलाले  पनि उनीविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता हमालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप