शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्री कोइरालाको कोरोना आशंकामा पुन: परीक्षण, रिपोर्ट आउन बाँकी

मङ्गलबार, २३ भदौ २०७७, १५ : ५९
मङ्गलबार, २३ भदौ २०७७

काठमाडौं ।  कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना संक्रमणको आशंकामा पुनः स्वाब परीक्षण गरिएको छ ।  कोइरालालाई सोमबार ९९.८ जरो ज्वरो समेत आएको उनको सचिवालयले जनाएको छ ।

सोमबार ह्याम्स अस्पतालले गरेको स्वाव परीक्षणमा रिपोर्ट बोर्डर लाइनमा देखिएपछि पुनः स्वाव संकलन गरेर टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनले महामन्त्री कोइरालाको रिपोर्ट शंकास्पद आएपछि आफुसहित सचिवालयका सदस्य र केही केन्द्रीय सदस्यको समेत स्वाव परीक्षणका लागि लगिएको बताए । 

तिवारीले महामन्त्री कोइरालाको रिपोर्ट आउनेवित्तिकै सार्वजनिक गर्ने समेत बताए ।  ‘केहीबेरमा रिपोर्ट फाइनल रिपोर्ट आउछहोला । रिपोर्ट आएपछि डा.सावकै ट्वीटरबाट सार्वजनिक हुन्छ’, तिवारीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप