शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालिकामाथि जबरजस्ती करणी गरेको आरोप, आरोपित फरार

मङ्गलबार, २३ भदौ २०७७, १८ : २३
मङ्गलबार, २३ भदौ २०७७

जनकपुर । धनुषामा एक बालिकालाई जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ । लक्ष्मीनिया गाउँपालिका वडा नम्बर २ स्थित सिनुरजोडाकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको घटना ३ दिनपछि मंगलबार सार्वजनिक भएको हो ।

भदौ २० गते शनिबार दिउँसो स्थानीय ५५ वर्षीय बुधुवा साहको किराना पसल नजिकै साथीहरुसँग खेलिरहेकी किशोरीलाई पसले साहले पसलमा बोलाएर जबरजस्ती करणी गरेको पीडित परिवारको आरोप छ ।  पीडितका बावुले छोरी पसल नजिकै खेलिरहेको बेला बोलाएर कोठामा थुनेर जबरजस्ती करणी गरेको बताए ।

घटनापछि प्रहरी घट्नास्थल पुग्दासम्म आरोपित फरार भएको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । बालिकालाई मेडिकल जाँचका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउनुका साथै फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच आर्थिक चलखेल गरेर गाउँका केही व्यक्तिहरुले गाउँमै दवाउन खोजेको भन्दै विरोध प्रदर्शन भएको छ । नेकपाका प्रस्तावित जिल्ला कमिटी सदस्य लालजी साहको नेतृत्वमा स्थानीयले क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको अगाडी विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीले दोषीलाई पक्राउ गरि कारवाहीको माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप