बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सीद्वारा कोभिड १९ विरुद्धको लडाईका मोडेलहरुको प्रशंसा

मङ्गलबार, २३ भदौ २०७७, २२ : २३
मङ्गलबार, २३ भदौ २०७७

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनपिङले मंगलबार कोभिड १९ महामारीविरुद्ध चीनले अपनाएको लडाईका मोडेलहरुको प्रशंसा गर्दै गरेका छन् । मंगलबार बिहान बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा बोलाइएको एक सभालाई सम्बोधन गर्दै उनले  मोडलहरुको प्रशंसा गरेका हुन्  ।  चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट कोरोना भाइरस सङ्क्रमण शुरु भएको थियो 

उक्त समयबाट शुरु भएको यस प्रकोपका कारण हालसम्म विश्वभरी आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जनाएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९५ लाख ९२ हजार २८० व्यक्ति कोरोना मुक्त भएका छन् ।

यद्यपी चीनले भने यस महामरीलाई विभिन्न मोडलहरुको सहयोगले नियन्त्रणमा लिन सफल भएको छ । चीनमा   ८५ हजार १४४ कोरोना भाइरस सङ्क्रमित भएका थिए । यस सङ्क्रमणबाट चीनमा  ४ हजार ६३४ जनाको मृत्यु  भएको थियो ।चीनमा ८० हजार ३३५ जना कोरोना भाइरस मुक्त भएका छन् । हाल चीनमा ११५ जनामा मात्र कोरोना भाइरस सङ्क्रमण रहेको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप