तुुर्केमिनिस्तानका राष्ट्रपतिले गाडीको छतमा बसेर बन्दुक चलाएपछि...
तुर्केमिनिस्तानका राष्ट्रपति गुरवानगुली बर्डिमुहामेडोभ अनेक हर्कत गरेर चर्चामा आउँछन् । उनी नयाँ–नयाँ स्टन्टका सौखिन हुन् ।
यसपटक आफ्नो मनपर्ने सुुभ गाडीको छतमा बसेर उनले मिनिगन चलाएका छन् । यस बन्दुकबाट उनले केही टाढा रहेको पिडामिड आकारको वस्तुलाई ढालेको देख्न सकिन्छ । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
तर, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरु राष्ट्रपतिको बन्दुक चलाउने क्षमताबाट प्रभावित भएजस्तो लाग्दैन । उनीहरुले अनेक ट्रोल गरिरहेका छन् ।
सुरक्षाकर्मीहरुका लागि ल्याइएका हतियार प्रदर्शन गर्ने क्रममा उनले आफैं बन्दुक चलाएका हुन् । उनी अनौठा खाले स्टन्ट गर्न रुचाउँछन् । कहिले आफैं ¥याप हान्छन्, कहिले घोडाचढी गर्छन्, कहिले कार रेसमा भाग लिन्छन् । ६३ वर्षीय गुरवानगुली २००६ देखि निरन्तर तुर्केमिनिस्तानको राष्ट्रपति छन् । उनी २००६ देखि २०१३ सम्म सत्तारुढ डेमोक्रेटिक पार्टीका प्रमुख पनि थिए । राष्ट्रपति बन्नुुअघि उनी २००१ देखि २००६ सम्म उपराष्ट्रपति थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी