शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कति अर्बका मालिक हुन् अक्षय कुमार, फिल्मबाहेक कहाँबाट कमाउँछन् यति धेरै पैसा

बुधबार, २४ भदौ २०७७, १४ : १७
बुधबार, २४ भदौ २०७७

बलिउडका खेलाडी अर्थात् अक्षय कुमार फिल्म इन्डष्ट्रिमा आफ्नो शानदार फिल्मका लागि परिचित छन् । अक्षय कुमारले आफ्नो फिल्मी करियरमा विभिन्न प्रकारको भूमिका निभाएका छन् । अहिलेसम्मको आफ्नो करियरमा उनले थुप्रै सुपरहिट फिल्म दिएका छन् । उनी आफ्नो फिल्मका लागि मात्रै नभई निकै दयालु स्वभावका कारण पनि चर्चित छन् । आज अर्थात् सेप्टेम्बर ९ मा अक्षय कुमार आफ्नो ५३ औं जन्मदिन मनाइरहेका छन् । उनको जन्म सेप्टेम्बर ९ सन् १९६७ मा अमृतसरमा भएको थियो । आज उनको जन्मदिनको मौकामा उनी कति सम्पत्तिका मालिक हुन्, यसबारे जानकारी लिऔं ।

बलिउड अभिनेता अक्षय कुमार यस वर्ष फोर्ब्सको सर्वाधिक कमाई गर्ने नायकको सूचीमा समावेश भएका छन् । यो सूचीमा अक्षय कुमार एकमात्र भारतीय  अभिनेता हुन् ।

अक्षय कुरमा एउटा फिल्मका लागि ४५ करोड भारु भन्दा बढी पारिश्रमिक लिने गर्छन् । एक ब्रान्डको विज्ञापनका लागि अक्षय कुमार करिब ६ देखि ७ करोड भारु लिन्छन् । यसका साथै अक्षय कुमार फिल्मको कमाईबाट पनि शेयरको रुपमा मोटो रकम लिने गर्छन् । अक्षय कुमार बलिउडका ती कलाकारमध्ये एक हुन् जो एक वर्षमा करिब चार देखि पाँचवटा फिल्म खेल्ने गर्छन् ।

स्मरण रहोस् सन् २०२० मा कुनै फिल्म रिलिज नभइकनै अक्षय कुमारले ४८.५ मिलियन डलर कमाईसकेका छन् । अक्षय कुमार यतिबेला कूल १,८७० करोड भारुका मालिक हुन् । अक्षयको धेरैजसो कमाई ब्रान्ड प्रोमोशनबाट हुने गर्छ ।

अक्षय कुमार मुम्बईको ‘प्राइम बीच’ जुहूको एक विलासी घरमा बस्छन् । उनको घर कुनै महलभन्दा कम छैन । अक्षयसँग थुप्रै विलासी कार पनि छन् । उनीसँग मर्सिडिज–बेन्ज, बेन्टले, होन्डा सिआरवी र पोर्शलगायतका कार छन् भने अक्षयलाई बाइक्सको पनि निकै शौख छ । उनीसँग बाइकका केही ठूला ब्रान्डका राम्रो कलेक्सन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप