बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ जहाज थन्क्याएर नयाँ जहाज खरिद गर्न निगमलाई मन्त्री भट्टराईको निर्देशन

नेपाल वायुसेवा निगमलाई पब्लिक मोडलमा लगिने
बुधबार, २४ भदौ २०७७, १९ : ०४
बुधबार, २४ भदौ २०७७

काठमाडौं । नेपाल वायुसेवा निगम(एनएसी)लाई नयाँ जहाज खरिद गर्ने प्रक्रियाअघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा निगमका पदाधिकारीहरुसँग छलफल गर्दै मन्त्री भट्टराईले यस्तो निर्देशन दिएका हुन् । 

हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउने आन्तरिक उडान तर्फ जहाज कम भएको भन्दै थप जहाज खरिद गर्ने गरी योजना तत्काल अघि बढाउन निगमलाई मन्त्री भट्टराईले निर्देशन दिए ।

 
योसँगै नेपाल एयरलाइन्सलाई अब चिनियाँ जहाज थन्काएर नयाँ जहाज किन्ने बाटो खुलेको छ । त्यसो त हाल आन्तरिक उडान तर्फ निगमसँग चार वटा मात्र जहाज रहेकोमा त्यसमा पनि (चिनियाँ जहाज बाहे)का दुई वटा टुइनअर्टर जहाज मात्र संचालनमा छन् ।

विग्रिएर ग्राउण्डेड भएका चिनियाँ जहाज यसअघिनै अब नउडाउने निर्णय भइसकेको छ । हाल संचालनमा रहेका दुई वटा टुइनअर्टर जहाजसमेत चार दशक पुराना भएका कारण धेरैजसो समय ग्राउन्डेड हुने गरेकाले यी जहाजले मात्र आन्तरिक उडानको माग धान्न नसक्ने मन्त्रालयको भनाइ छ ।

यसैकारण दुर्गभ भेगका जनता हवाई सेवाबाट वञ्चित हुनु परेको भन्दै मन्त्री भट्टराईले नयाँ जहाज खरीदको प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।
साथै मन्त्री भट्टराईले अब निगमलाई पब्लिक मोडलमा लैजानसमेत सोच्न निगमलाई निर्देशन दिए ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेको उपस्थिति रहेको बैठकमा मन्त्री भट्टराईले अब निगमले पब्लिक मोडलमा जाने बारे सोच्नु पर्ने बताए । यसका लागि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग समेत आवश्यक छलफल गरी खाका बनाउन मन्त्री भट्टराईले निगमलाई निर्देशन दिए ।

नेपाल एयरलाइन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाइन्स भएकोले यसको साख जोगाउने गरी काम गर्नु पर्ने मन्त्री भट्टराईको भनाइ थियो ।

यसका लागि आवश्यक योजना बनाई अघि बढ्न र कर्मचारी व्यवस्थापन तथा खर्च कटौतीमा समेत सोच्न निगमलाई मन्त्री भाट्टराईको आग्रह थियो । 

बैठकमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष, विभिन्न विभागका प्रमुख लगायत मन्त्रालयका उच्च पदस्त व्यक्तित्वहरु सहभागी रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप