शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा कुन बार कुन पसल खोल्न पाइने ?

बुधबार, २४ भदौ २०७७, १९ : २६
बुधबार, २४ भदौ २०७७

काठमाडौँ । काठमाडौ उपत्यकाको निषेधाज्ञा बिहीबारबाट केही खुकुलो हुने भएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठकले भदौ ३ यता जारी निषेधाज्ञा भदौ २५ गतेबाट खुकुलो पार्दै व्यापार, व्यवसाय र उद्योग धन्दा चलाउन शर्तसहित अनुमति दिएको हो । 

जसअनुसार प्रशासनले उपत्यकामा केही पसलहरु दैनिक बिहान बेलुका खोल्न अनुमति दिएको छ भने केही पसलहरु बारका हिसावले खोल्न दिने गरी निर्णय गरेको छ । 

दुध, फलफुल, तरकारी, मासु विक्री वितरण दैनिक बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेुसम्म सञ्चलान गर्न पाउने व्यवस्था मिलाएको छ । 

त्यसैगरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी उपत्काभित्र विकास निर्माणसँग सम्बन्धित सामाग्री विक्री वितरण गर्ने पसल व्यवसाय सो का ढुवानी गर्ने सवारी साधन दिउँसो २ देखि बेलुका ७ बजेसम्म मात्र खोल्न पाइनेछ । 

टेकअवे र अनलाइन डेलिभरी दिउसो १२ देखि बेलुका सातबजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सहकारी संस्थाहरु स्वास्थ्य मापदण्ड अपनाएर बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ । 

सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल कस्मेटिक लगायतका पसलहरु मापदण्ड पालना गरेर साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । 

भाडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न सकिनेछ । 

फर्निचर र अटोमोवाइलसम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न पाइनेछ । 

फुटपाथ, ठेला, स्टेसनरी इलेक्ट्कि, र इलेक्ट्रोनिक पसल र डिपार्टमेन्ट स्टोरहरु विहान ११ सम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ । 

सवारी साधनमार्फत सम्बन्धी वर्क सप विहान ८ देखि बेलुका ८ बजेम्म मात्र सञ्चालन गर्न सकिने तर स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । 

उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै व्यवस्था गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप