शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुल्ने

बुधबार, २४ भदौ २०७७, २० : ४०
बुधबार, २४ भदौ २०७७

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुलाउने निर्णय गरेको छ । 

बैठकले बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दूग्धजन्य पदार्थका पसल र बिहान १० देखि दिउँसो ३ बजेसम्म अन्य पसल गरी दुई चरणमा पसल खुलाउने निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपालले जानकारी दिए ।  

उनका अनुसार उक्त बैठकले यही भदौं २६ गते शुक्रवारदेखि असोज ५ गतेसम्म लागुू हुनेगरी सो निर्णय गरेको हो । त्यस्तै, प्रशासनले बैंक तथा वित्तीय संस्था भने बिहान १० बजेदेखि ३ बजेसम्म खुलाउने,  निजी सवारीलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । 

बैठकले होटल, रेष्टुरेन्ट, लज एवम् रिसोर्टबाट खाजा तथा खाना प्याकिङ बाहेकका अन्य सेवा पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप