बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – भारतको अपहरित विमान पाकिस्तानले उद्धार गरिदियो

बिहीबार, २५ भदौ २०७७, ०७ : ३०
बिहीबार, २५ भदौ २०७७

आज १० सेप्टेम्बर । सन् १९७६ मा भारतमा संकटकाल थियो । बिहान ७ बजेर ३० मिनेट जाँदा दिल्लीको पालम हवाई अड्डाबाट बोइङ ७३७ विमान ६६ यात्रुहरुलाई लिएर मुम्बईका लागि हिँड्ने तयारीमा थियो । यस समय जहाजको कमान्ड पाइलट बिएन रेड्डी र सह–पाइलट आरएस यादवको हातमा थियो । मुम्बई पुग्नअघि यो विमान पहिले जयपुर र त्यसपछि औरङ्गावादमा रोकिनेवाला थियो ।

विमानले उडान भ-यो । दिल्लीबाट ३५ माइल्सको दूरीमा ८ सय फिट उचाइँमा उडिरहेको अवस्थामा दुईजना यात्रु एक्कासी फायरिङ गर्दै ककपिटमा घुस्न थाले । पाइलट रेड्डीको कन्चटमा उनीहरुले पेस्तोल तेर्साए, अनि विमान अपहरणमा परेको घोषणा गरे ।

उनीहरुले रेड्डीलाई लिबियातर्फ विमान मोड्न भने । यही समय सुुझबुुझका साथ विमानका को–पाइलट यादवले अटो पाइलट मोडमा विमानलाई राखिदिए । उनले दिल्ली एयर ट्राफिक कन्ट्रोलरलाई सम्पर्क गरेर विमान अपहरणमा परेको सूचना दिए । अपहरणकारीहरुले विमानलाई लिबिया लैजान चाहेका थिए, तर पाइलटहरुले लिबियासम्म पुुग्न पर्याप्त इन्धन नभएको बताए । त्यसपछि अपहरणकर्ताले पाकिस्तानको कराँचीबाट इन्धन भर्ने योजना अघि सारे । उनीहरुले पाकिस्तानको नागरिक उड्डन प्राधिकरणसँग स्विकृति लिएर विमानलाई कराँची उतार्ने र तेल भर्ने प्रबन्ध गरे ।

यतिबेलासम्म भारत सरकारले पाकिस्तान सरकारसँग सम्पर्क गरिसकेको थियोे, पाकिस्तानले यात्रुहरुलाई सुरक्षित राख्ने वाचा ग-यो । कराँची एयपोर्टमा यो विमान रातभर राखिएको थियो, यस समय पाकिस्तानले पाइलट र अपरहणकर्ताहरुलाई भोजनको प्रबन्ध पनि ग¥यो । तर, अपहरणकर्ताहरुको खानामा नशालु पदार्थ मिसाइएको थियो । उनीहरु खाना खानासाथ बेहोस भए । विमानमा सवारमध्ये सइद अब्दुल हामेद दिवानी, सइद राफिक, मोहम्मद अहसन राठौर, अब्दुसरिद मलिक, गुलाम रसोल र खावाजा गुलाम अपहरणमा संलग्न थिए । उनीहरु सबै कास्मिरी विद्रोही थिए । यी सबैलाई अनुसन्धानका लागि हिरासतमा राखेर बोइङ्ग ७३७ का पाइलटसहित बाँकी सबै यात्रुहरुलाई सकुुशल भारत फिर्ता गरियो ।

अन्य घटनाक्रम

सन् १८४६ – सिलाई मेसिनको सर्वाधिकार प्रसिद्ध वैज्ञानिक एलियस होवको नाममा दर्ता ।

सन् १९१४– प्रथम विश्वयुद्धका विजेता देशहरु र अस्ट्रिया–हंगेरी शासकबीच सेन्ट जर्मन सम्झौतामा हस्ताक्षर ।

सन् १९३९– दोस्रो विश्वयुद्धअन्तर्गत क्यानाडाद्वारा जर्मनीविरुद्ध युद्धको घोषणा ।

सन् १९४०– बेलायतको बकिङ्घम दरबारमा जर्मनीले बम खसाल्यो ।

सन् १९४३– जर्मन सेनाद्वारा रोम कब्जा र भ्याटिकन सिटीको सुरक्षा आफ्नो हातमा ।

सन् १९४३– अल्जेरियाको दक्षिणी पश्चिमी क्षेत्र ओरालियन वलमा भूकम्पबाट १४ सय मानिसको मृत्यु ।

सन् १९७४– पश्चिम अफ्रिकी देश गिनी गणराज्य पोर्चुगलको शासनबाट स्वतन्त्र ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप