बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबारको मौसम पूर्वानुमान

बिहीबार, २५ भदौ २०७७, ०७ : ३६
बिहीबार, २५ भदौ २०७७

मौसम पूर्वानुमान महाशाखाले हाल  मनसुनको  न्युन चापीय  रेखा  औसत भन्दामाथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । 

महाशाखाले हाल  देशभर सामान्यदेखि पूर्ण बदली भइे केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ । 

महाशाखाका अनुसार दिउँसो  देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  

भने, प्रदेश १ , बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।

यसैगरी, राति   देशभर सामान्यतया  बदली   रही  केही स्थानहरूमा  मेघगर्जन, चट्याङ्ग सहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ । 

यस्तै, प्रदेश १ , प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप