शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुडेक नेपालद्वारा अनलाइन वक्तृत्वकला प्रतियोगिता आयोजना

बिहीबार, २५ भदौ २०७७, ०९ : ५८
बिहीबार, २५ भदौ २०७७

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा रुडेक नेपालले नेपालय कलेजको प्रयोजनमा, शिक्षा विकास तथा  समन्यव इकाई नुवाकोटको समन्यव र एससीएआइ अस्ट्रेलिया तथारुम टुरीडको प्राविधिक सहायोगमा अन्तर्राष्ट्रिय साक्षरता दिवस–२०७७ को अवसरमा नेपालय अनलाइन वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ‘वैकल्पिक शिक्षण सिकाइ निरन्तरताका लागि स्थानीय सरकारको भूमिका’ शिर्षक राखिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि  मन्त्री गिरिराजमणि पोखरेल, विशेष अतिथिमा सांसद हितबहादुर तामाङ, मूल्यांकन समितिमा  सञ्चारकर्मी सबिना कार्की, शिक्षाविद  शशी पन्थी र रमेश प्रसाई जोडिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले अहिलेको विषम परिस्थितिमा वैकल्पिक तथा दूरशिक्षाको माध्यमबाट हामीहरुले न्युनतम सिकाइलाई सुनिस्चित गर्नु पर्ने तथा दूरशिक्षालाई चार पद्दतिः पाठ्यपुस्तक वा स्वयम् सिक्न सक्ने सामग्री, रेडियो र एफएम, टेलिभिजन÷केवल र अनलाइनको आधारमा बुझ्नुपर्ने बताए । उनले नुवाकोट जिल्लालाई जागृत र सचेत जिल्लाको रुपमा लैजाने प्रतिवबद्धता जाहेर  गरे ।

यसैगरि नुवाकोट जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तामाङले अहिलेको आवश्यकता भनेको शिक्षालाई प्रतिस्पर्धी, प्रविधि मैत्री र रोजगार मुलक बनाउनु हो भन्ने कुरामा जोड दिए ।

कार्यक्रमका सभाध्यक्ष्य मीनकुमार केसीले हामीहरुले प्रविधिको प्रयोग गरि घरलाई नै विद्यालयमा परिणत गरि शैक्षिक गतिविधिहरुलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिँदै आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने आशा व्यक्त गरे ।

बालबालिकाहरुभित्र रहेको प्रतिभाको खोजी गरि प्रोत्साहन गर्ने, बौद्धिक एवं सिर्जनात्मक क्षमताको विकास गर्ने र कोरोनाबाट प्रभावित भएको बालबालिकाको शिक्षालाई थप सकृय बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको यसकार्यक्रम २चरणमा संचालन गरिएको थियो  । पहिलो चरणमा पालिका स्तरीय माध्यमिक विद्यालयहरुमा अध्ययन गर्ने कक्षा ९–१२ का विद्यार्थीहरू बीच  प्रतियोगिता गराइ सो प्रतियोगितामा प्रथम हुने विद्यार्थीहरुलाई दोश्रो चरणको नुवाकोट जिल्लास्तरीय अन्तर पालिका वक्तृत्वकला प्रतियोगितामा समावेश गराइएको थियो ।

यस प्रतियोगितामा अनिल दाहालले प्रथम स्थान हासिल गर्न सफल भए भने दिवस ढकाल र शैलेन्द्र रिमाल क्रमस द्वितीय र तृतीय हुन सफल हुनु भएको कुरा यस कार्यक्रमका संयोजक फुर्कु घलेले जानकारी दिए ।

कार्यक्रममा नुवाकोट जिल्लाका जिल्लाप्रसासन अधिकारी, जिल्ला शिक्षा अधिकारी,किस्पाङ गाँउपालिकाका पालिका प्रमुख छत्र लामा र शिक्षा अधिकृत चक्र शाउद, मेगाङ गाउँपालिकाका पालिका उपप्रमुख शान्ति लामा र शिक्षा अधिकृतशेर सिह राउत, ककनी गाँउपालिकाका पालिका प्रमुख मानबहादुर  लामा र उपप्रमुख सीता खतिवडा लामा र शिक्षा अधिकृतकेशव ज्ञवाली, बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल र शिक्षा अधिकृत ज्ञानेन्द्र वन, बिदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित, उपप्रमुख गिता कुमारी दाहाल, उपसचिव दिवाकर चापागाइ र शिक्षा अधिकृतको प्रमिला पुडाशैनीको उपस्थिति थियो । पहिलो चरणको प्रतोयोगीतामा १३७ विद्यार्थीहरुको सभागिता र फाइनल चरणको प्रतियोगितामा १२ वटा पालिकाहरुबाट १२ जना विद्यार्थीहरुको सभागिता रहेको यस कार्यक्रमलाई रुडेक नेपालको फेसबुक पेज, स्थानीय टेलिभिजन र विभिन्न एफएम रेडियोहरुबाट प्रत्यक्ष्य प्रशारण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप