शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समयमै मल ल्याउँछु भन्दै ढाट्ने ठेकेदारसँग मलसम्बन्धी अझै दुईवटा ठेक्का बाँकी

बदमासी गर्नेलाई नै पटक–पटक ठेक्का !
बिहीबार, २५ भदौ २०७७, १० : ११
बिहीबार, २५ भदौ २०७७

भदौ २१ गते  कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालले समयमै मल ल्याउन नसकेको शैलुङ इन्टरप्राइजेजको २५ हजार मेट्रिकटन मल खरिदसम्बन्धी ठेक्का रद्द गराए पनि सो कम्पनीसँग २ अर्ब रुपैयाँ बराबरको मलसम्बन्धी ठेक्का बाँकी नै रहेको तथ्य प्रकाशमा आएको छ ।

समयमै मल ल्याउन नसकेका ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेजले मलसम्बन्धी अझै दुईवटा ठेक्का ओगटेको पाइएको हो । तर ती दुई ठेक्का रद्द गर्ने आँट भने सरकारले गर्न सकेको छैन ।

२०७६ माघमा भएको सम्झौता अनुसार पहिलो चरणमा साउन १० गते मल भित्र्याउनु पर्ने भए पनि ठेकेदार कम्पनीले समयमै मल ल्याउन नसक्दा किसानले सास्ती पाए । मल नपाएर हैरानी खेपेका कतिपय किसानले आफ्नो बालीमा मल नै हाल्न पाएनन्, जसका कारण सरकारसमेत आलोचित भयो ।

टेण्डर रद्द गर्नु नै समाधान नभएको उल्लेख गर्दै पोखरेल भन्छन्, ‘समयमै नल्याएका कारण ४ लाख ४ सय डलर दण्ड तिरायौँ, त्यो भनेको ४ करोड ७२ लाख  रुपैयाँ हो, हामीले अहिलेसम्म एक रुपैयाँ दिएका छैनौँ तर त्यत्रो रकम जरिवाना तिराएका छौँ । सरकारले उसलाई केही सुविधा दिएको छैन ।’

आलोचनाका कारण दबावमा परेका कृषिमन्त्री भुषालले अन्ततः मल ल्याउने ठेक्का लिएका दुई ठेकेदार कम्पनीको ठेक्का रद्द गराएको घोषणा गरे । तर ठेक्का रद्द गरिएको कम्पनीकै अझै दुई वटा ठेक्का बाँकीे पाइएको हो ।

ठेकेदार शारदाप्रसाद अधिकारीको कम्पनीलाई ती दुवै ठेक्का कृषि सामग्री कम्पनी लिमिटेडले दिएको हो । कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलसँग मल समयमै ल्याउन नसकेको शारदाप्रसादको कम्पनीलाई दिइएको ती ठेक्का किन रद्द नगरेको भन्ने प्रश्न गर्दा उनले भने, ‘रद्द गरेर मल आउने होइन । ती दुई ठेक्काको समय अझै दुई महिना छ । सो समयमा पनि काम नभए ठेक्का रद्द हुनेछ ।’

टेण्डर रद्द गर्नु नै समाधान नभएको उल्लेख गर्दै पोखरेल भन्छन्, ‘समयमै नल्याएका कारण ४ लाख ४ सय डलर दण्ड तिरायौँ, त्यो भनेको ४ करोड ७२ लाख  रुपैयाँ हो, हामीले अहिलेसम्म एक रुपैयाँ दिएका छैनौँ तर त्यत्रो रकम जरिवाना तिराएका छौँ । सरकारले उसलाई केही सुविधा दिएको छैन ।’

शैलुङ इन्टरप्राइजेजसँग दोस्रो ठेक्का २०७७ असार १८ मा ३० हजार मेट्रिकटन खरिदका लागि प्रति मेट्रिकटन ३११.५० अमेरिकी डलरमा सम्झौता भएको थियो । तेस्रो चरणमा २५ हजार मेट्रिकटनको ठेक्का पाएको छ ।  सो ठेक्का प्रतिमेट्रिकटन ३२१.९९ अमेरिकी डलरमा सम्झौता गरिएको छ । ।

लिमिटेडका अनुसार शैलुङ इन्टरप्राइजेजले दुई चरणको ठेक्का सम्झौतामा ५५ हजार मेट्रिकटन मल खरिद गर्न झण्डै २ अर्ब रुपैयाँमा ठेक्का पाएको हो ।


मुद्दा परे हारिने डरले सरकारले खोस्न सकेन बाँकी ठेक्का

काम नगर्ने नजिर बसाइसकेको शारदा प्रसादको कम्पनीलाई नै ठेक्का दिनुपर्ने, त्यो पनि काम गर्दैन भन्ने पहिलो समानखालको ठेक्काले देखाइसक्दा बाँकी दुई ठेक्कासमेत सरकारले खोस्न सकेको छैन । मलमा मात्र होइन, भक्तपुर–नगरकोट सडकखण्ड निर्माणमा पनि त्यस्तै हालत छ शारदा प्रसादको । १५ किलोमिटर सडकखण्ड निर्माणमा झण्डै ७ वर्ष लागिसक्यो । २०६९/७० मा ठेक्का लिएका अधिकारीले २०७२/७३ मा  सक्नुपर्ने समयसीमा थियो । तर त्यो अहिलेसम्म अलपत्र अवस्थामा छ ।  सो सडकखण्ड पिच हुन नसक्दा बर्खामा हिलो र सामान्य अवस्थामा धुलोले सास्ती दिएको छ ।

हामी पनि सम्झौता र नियम कानुन अनुसार चल्नुपर्ने हुन्छ ।  पहिलो ठेक्का पुरा गरेन भने दोस्रो ठेक्का पनि रद्द गर्नु भएन । त्यसो हुँदा हामीले मुद्दा हार्न सक्छौँ, प्रक्रियामा जानुपर्ने हुन्छ । उसलाई हामीले मुखले त भनिरहेका छौँ– समयमा ठेक्का पुरा गर भनेर । अहिले हामी डेलिभरी समय कुरेर बसेका छौँ ।’

उनको खराब नजिर देखेर पनि थाहा नभएजसरी मलसम्बन्धी ठेक्का दिइएको छ । मल सम्बन्धी दोस्रो र तेस्रो ठेक्काको समय २ महिना बाँकी हुँदा समय अगावै ठेक्का रद्द गर्ने अवस्थामा सरकार छैन । यदि समय अगावै ठेक्का रद्द गरे सो कम्पनी अदालत जाने र सरकारले मुद्दा हार्ने अवस्था आउने डर सरकारमा छ । कृषि सामाग्री कम्पनीका प्रवक्ता पौडेल भन्छन्, ‘हामी पनि सम्झौता र नियम कानुन अनुसार चल्नुपर्ने हुन्छ ।  पहिलो ठेक्का पुरा गरेन भने दोस्रो ठेक्का पनि रद्द गर्नु भएन । त्यसो हुँदा हामीले मुद्दा हार्न सक्छौँ, प्रक्रियामा जानुपर्ने हुन्छ । उसलाई हामीले मुखले त भनिरहेका छौँ– समयमा ठेक्का पुरा गर भनेर । अहिले हामी डेलिभरी समय कुरेर बसेका छौँ ।’

सो ठेक्काको समय अझै २ महिनाभन्दा बढी छ । २०७६ माघमा लगाएको ठेक्कामा चालु आर्थिक वर्षको बजेटमा रकम छुट्याएको हो । अब जरिवानाको डरले पनि ठेकेदार कम्पनीले समयमै बाँकी दुई ठेक्का पुरा गर्नेमा कृषि सामाग्री कम्पनी विश्वस्त छ ।

ठेकेदार कम्पनीले समयमै मल नल्याइदिनाले किसानलाई बाँड्न नसकेकोप्रति आफुर दुःखी भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार असार २१ सम्म मल बेचेको र बाँकी १ महिनामात्र मल अभाव भएको हो ।

कम्पनीका अनुसार पोटास र डिएपीमा समस्या छैन । युरिया मलको मात्र अभाव भएको हो । वार्षिक माग ८ लाख मेट्रिक टन भन्दा बढी भए पनि वितरण भने २ लाख ६३ हजार मेट्रिक टन भएको छ । गत वर्ष २ लाख  ५३ हजार मेट्रिक टन वितरण भएको थियो ।

कुनै पनि ठेक्का लगाउन पहिला ग्लोबल टेण्डर गरिन्छ । पहिला नेपालीले भाग लिन पाउँदैन भनिन्थ्यो तर अहिले जुनसुकै नेपालीले सो टेण्डरमा भाग लिन पाउने व्यवस्था छ । कम्पनीका प्रवक्ता पोखरेलका अनुसार शैलुङ आउनुभन्दा पहिला कुनै पनि नेपालीले मल सम्बन्धी ठेक्कामा भाग लिएको थिएन ।

यसकारण ठेक्काका लागि छनौटमा पर्यो शैलुङ

कुनै पनि ठेक्का लगाउन पहिला ग्लोबल टेण्डर गरिन्छ । पहिला नेपालीले भाग लिन पाउँदैन भनिन्थ्यो तर अहिले जुनसुकै नेपालीले सो टेण्डरमा भाग लिन पाउने व्यवस्था छ । कम्पनीका प्रवक्ता पोखरेलका अनुसार शैलुङ आउनुभन्दा पहिला कुनै पनि नेपालीले मल सम्बन्धी ठेक्कामा भाग लिएको थिएन ।

मल ल्याउन त्यति सजिलो छैन । कहाँबाट ल्याउने भन्ने सबै बन्दोबस्त गरेर प्याकिङ भइसकेपछि रेल खोजेर ल्याउनुपर्ने हुन्छ । यसमा सबै अरुप्रति निर्भर हुनुपर्नेछ । आफुले प्रयत्न गर्दा गर्दै पनि भारत सरकारले रेल समयमै दिएन भने त्यो मल समयमै आउँदैन । सैलुङले सबैभन्दा कम मूल्यमा बिड गरेपछि ठेक्का हात पारेको कम्पनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप