बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्याल्मन माछामा ७ दिनसम्म बाँच्नसक्छ कोरोनाभाइरस, फ्रोजन फुड कति खतरनाक ?

बिहीबार, २५ भदौ २०७७, १३ : २०
बिहीबार, २५ भदौ २०७७

अति संक्रामक कोरोनाभाइरस सतहमा कति धेरै समयसम्म रहनसक्छ भन्ने विषयमा भर्खरै हामीलाई थाहा हुन थालेको छ । त्यसैले हामीले हाम्रो घरको ढोकामा आउने हरेक पार्सल वा घरमा डेलिभरी हुने खाद्यान्नदेखि अन्य वस्तुहरुलाई छुनुुअघि सेनिटाइज गर्छौँ । 

चिसो वा फ्रिज गरिएको खाद्यान्नको प्याकमा कति लामो समयसम्म कोभिड–१९ भाइरस बाँच्नसक्छ भन्नेबारे पनि भर्खरै जानकारी आउँदैछ । तर यस्तो भाइरस संक्रामक हुन्छ वा हुँदैन भन्ने विषय पुष्टि हुनै बाँकी छ । 
भर्खरै सार्वजनिक भएको नयाँ अनुुुसन्धानअनुसार सार्स–कोभ–२ चिसो स्याल्मन माछामा एक सातासम्म बाँच्नसक्छ र सायद, संक्रामक पनि हुनसक्छ ।  यसबारे धेरै प्रश्नको जवाफ भने अनुत्तरित छ । जस्तो – के माछा पकाउँदा भाइरस मर्छ  ? स्याल्मन माछामा मात्रै भाइरस यति लामो समय रहन्छ वा अन्य माछा पनि रहन्छ ? यी प्रश्नहरुको स्पष्ट जवाफ नआएसम्म फ्रोजन फुडको सुरक्षा पाटो अस्पष्ट नै रहने जनस्वास्थ सम्बन्धी पोर्टल हेल्थ सट्स डटकमले जनाएको छ । 

साउथ चाइना एग्रिकल्चर विश्वविद्यालय र गोन्जओस्थित गुवान्गडोङ एकेडेमी अफ एग्रिकल्चर साईन्सेसको अनुसन्धानले यस तथ्यलाई उजागर गरेको हो । 
अनुसन्धानका क्रममा लिइएको स्याल्मोन माछाको  नमूनाअनुसार ८ दिनसम्म ४ डिग्री सेल्सीयस तापक्रममा कोरोना भाइरस बाँचेको देखिएको थियो । झन्डै यही तापक्राममा राखेर माछाहरुको ओसारपसार गरिन्छ । गत जुनयता चिनियाँ अधिकारीहरुले आयातित मासुु, प्याकेजिङ  र कन्टेनरहरुलाई कोभिड–१९ को संभावित स्रोत मानेर अनुसन्धान गरिरहेका छन् । प्याकेजिङ गरिएका खाद्यान्नमा बारम्बार किटाणुुको संकेत भेटिएपछि उनीहरुले यस्तो अनुसन्धान थालेका हुन् ।

 चिनियाँ अधिकारीहरुका अनुसार ५ लाखभन्दा बढी नमूनाको परीक्षण गर्दा ६ वटा पोजेटिभ भेटिएका छन् । माछालाई डेलिभरीको समय शुन्यदेखि ४ डिग्री सेल्सियसमै राख्नुुपर्छ भन्ने त्यस्तो केही नरहेको अनुसन्धानकर्ताहरु बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप