बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोडल वाचः ‘प्रेम’भन्दा ‘करियर’ प्यारो

शुक्रबार, २६ भदौ २०७७, १२ : ३६
शुक्रबार, २६ भदौ २०७७

पछिल्लो समय कलाक्षेत्रमा भविष्य खोज्ने युवतीहरुको भीड देख्न सकिन्छ । तीमध्येकी एक हुन् कविता रोय ।

गायक प्रताप दासको केही वर्ष अगाडि सार्वजनिक भएको ‘कसलाई सानु भनी बोलाउँला’ बोलको गीतबाट मोडलिङ यात्रा सुरु गरेकी कविताले अहिलेसम्म पुगनपुग दर्जन म्युजिक भिडियो अभिनय गरेकी छन् ।

सानैदेखि कलाकारितातिर रुची भएकी उनले केही पहिले फिल्म ‘झोल झाल’ सकाएकी छन्, भने अहिले ‘लक्ष्य जिन्दगी’ मा अभिनयरत छिन् । जसको सुटिङ शुक्रबारबाट सुरु भएको छ ।

कलाकारितामा परिवारको साथ र समर्थनसहित होमिएकी उनी यसलाई नै व्यवसाय बनाउने सोचका साथ लागि परेकी छिन् । उनको अर्काे सपना फेसन डिजाइनिङ पनि हो । अभिनय सँगसँगै यसलाई पनि अगाडि बढाउने सोच रहेको उनले सुनाइन् ।

हसिलो स्वभाव भएकी सप्तरीकी कविता सानैदेखि कलाकारितामा रुचि भएकोले यसैमा होमिएको बताउँछिन् । हुन त अभिनयमा करियर बनाउन अहिले जो कोहीका लागि त्यति सजिलो भने छैन । ‘कलाकारितामा करियर बनाउन सक्छु भन्ने लागेर नै म यसैमा आएकी हुँ । त्यहि अनुसार मिहिनेत गर्दैछु,’ उनले भनिन् ।

आफूलाई सिम्पल केटीको रुपमा आफूलाई बुझ्न अरुलाई अनुरोध गर्ने उनी फेसनमा पनि चुजी रहिनछिन् । ‘मलाई जुनै ड्रेस पनि सहज लाग्छ । कुर्था सुरुवालमा म  क्युट र निर्दाेष देखिन्छु,’ उनले थपिन् ‘वान पिस र स्कटमा सेक्सी देखिन्छु ।’

मिठो बोल्ने, अरूको कुरातिर ध्यान दिने, मिलनसार, सबैलाई सपोर्ट गर्ने खालको केटा आफुलाई मनपर्ने बताउने उनको अहिलेसम्म ब्याइफ्रेन्ड छैन रे । भनिन् ‘मेरो यो समय करियर बनाउने हो । त्यसैले प्रेमतिर ध्यान दिइन ।’

तस्बिर : सुनिल राजभण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप