आफ्नो अफिसलाई यसकारण उजाड राख्नेछिन् कंगना, मर्मत नगर्ने
कंगना रनौतले बिहिबार आफ्नो टुटे–फुटेको अफिसको भ्रमण गरेपछि एउटा ठूलो निर्णय लिएकी छिन् जस अनुसार उनी आफ्नो अफिसको मर्मत गराउने छैनन् । उनका अनुसार उनले आफ्नो अफिसलाई जस्तो छ त्यस्तै राख्नेछिन् र यसलाई एक महिलाको इच्छाशक्तिको रुपमा पेश गर्नेछिन् ।
बिएमसीले कंगनाको पाली हिलस्थित अफिसमा अवैध निर्माण गरेको भन्दै डोजर चलाएको थियो । यद्यपि, कंगनाले उनको अफिसमा कुनै पनि प्रकारको अवैध निर्माण नभएको बताएकी छिन् ।
बुधबार बिएमसीको कारवाहीपपछ कंगना बिहिबार पहिलो पटक आफ्नो अफिस गएकी थिइन् । त्यसपछि उनले ट्वीटरमा लेखिन्, ‘मैले आफ्नो अफिसको सुरुवाती जनवरी १५ देखि गरेकी थिएँ । कोरोना सुरु हुनु ठिक अघि । अरुले जस्तै मैले पनि त्यतिबेला देखि काम गरेकी छैन । यसको मर्मत गर्नका लागि मसँग पैसा छैन । म यही अवशेषबीच काम गर्नेछु । आफ्नो अफिसलाई यसै उजाड छोड्नेछु, जुन एक महिलाको इच्छाशक्तिको उदाहरण बन्नेछ, जसलाई यो संसारले तोड्न खोजेको थियो ।’
उता बिएमसीले बिहिबार उच्च अदालतमा कंगनाको अफिसमा गरिएको कारवाही सही भएको बतायो । बिएमसीले कारवाही नियम अनुसार नै गरिएको बतायो । कंगनाको वकिलले १४ सेप्टेम्बरसम्म जवाफ दिनुपर्नेछ । यो जवाफसहित कंगनाले केही नयाँ तथ्य राख्ने मौका पनि पाउनेछिन् । अब अर्को सुनुवाई २२ सेप्टेम्बरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी