बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोको जोखिममा नाग्मबजार

शुक्रबार, २६ भदौ २०७७, १८ : १०
शुक्रबार, २६ भदौ २०७७

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ स्थित नाग्मबजार पहिरोको उच्च जोखिममा छ । वर्षेनी नाग्मबजारका आधा दर्जन घरका भित्ता भत्किन्छन् । यो वर्ष मानवीय क्षति हुने गरी पहिरो गएकाले नगरवासी त्रसि बनेको स्थानीयवासी मदन उपाध्यायले बताए । उनले भने, “नाग्मबजार पहिरोबाट सुरक्षित छैन । जुनसुकै बेला बजारमा पहिरो पस्ने खतरा छ ।” स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारले बजार जोगाउनमा ध्यान दिनुपर्ने स्थानीयवासी उपाध्यायले बताए ।

तीला नदीले बजारको तल्लो भाग वर्षेनी कटान गरीरहेको छ । उहाँका स्थानीयवासीका अनुसार फोहिरो र नदीको कटान नियन्त्रणमा कसैको ध्यान गएको छैन । बजारका स्थानीयवासी मानबहादुर बुढाका अनुसार पहिराले घर भत्काउने र मानिसले बनाउने क्रम निरन्तर जारी छ । बजारमा रहेका १२० घरका स्थानीय त्रासित रहेको बुढाले बताए । स्थानीय सरकारले भवन आचारसंहिताअनुसार घर बनाउन आग्रह गरे पनि यहाँका स्थानीयवासीले सो आचारसंहिता पालना गरेका छैनन् । तिलागुफा नगरपालिकाका मेयर रत्नबहादुर शाहीले भने, “पहिरोमा परी मृत्यु भएका परिवारको व्यवस्थापन र बजार व्यवस्थापन नगरपालिकाको पहिलो प्राथामिकता हो ।” यही भदौ १३ गते सो बजारमा पहिरो जाँदा दश जानकोे मृत्यु भएको थियो ।

लक्ष्यभन्दा बढी राजश्व सङ्कलन
  
करदाता सेवा कार्यालय जुम्लाले यस वर्षको साउनमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना कहरका बीचमा पनि राजश्व सङ्कलनमा बृद्धि भएको छ । सो महिनामा लक्ष्यभन्दा रु १ करोड १९ लाख ८० हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको कर अधिकृत गोपालबहादुर थापाले बताए ।

रु ३ करोड २१ लाखको लक्ष्य राखिएकोमा रु ४ करोड ४० लाख राजश्व सङ्कलन भएको कर अधिकृत थापाले बताए । जसमा मूल्य अभिबृद्धि करतर्फ रु १ करोड ४२ लाख ६९ हजार, आयकरतर्फ रु १ करोड २२ लाख ७४ हजार, अन्तःशुल्क रु १ करोड ३२ लाख ९ हजार, पारिश्रमिक आयकर रु ६६ लाख ५१ हजार र २८ लाख ६९ हजार सामाजिक सुरक्षा करलगायत विभिन्न १७ वटा शीर्षकबाट राजश्व सङ्कलन भएको कर सेवा कार्यालय जुम्लाले जनाएको छ । कर सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा रु २३ करोड २२ लाख ५५ हजार ४०१ राजश्व सङ्कलन गरेको छ । लक्ष्य नै नतोकिएर गत आवको असार अन्तिम सम्ममा रु २३ करोड बढी राजश्व सङ्कलन भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप