शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाकी ६१ वर्षीया टिकासरीले पहिलो पटक पाइन् नागरिकता

शनिबार, २७ भदौ २०७७, १० : ०९
शनिबार, २७ भदौ २०७७

पाल्पा – माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीका ६१ वर्षकी टिकीसरा कामीले शुक्रबार पहिलो पटक नागरिकता प्राप्त गरेकी छन्। 

तानसेन नगरपालिका वडा नम्बर ११ जुकीया जन्म घर भर्इ २०३५ साल मंसिर १ गते माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी छोडिघाट बस्ने ओमबहादुर कामीसंग बिवाह गरेर आएकी उनी २०१६ साल असार २२ गते जन्मेकी थिइन् । 

टिकीसराको न त जन्मदर्ता नै थियो न त विवाह दर्ता नै ।  

आफ्नो घरमा दाउरा पात खोजेर  बजारमा बेच्न ल्याउने र त्यसको  पैसाले घर गुजारा गर्दै आएकी उनलार्इ सामाजिक सुरक्षा भत्ता पाइने कुरा कसैले सुनाइ दिए पछि बल्ल नागरिकताको आवश्यकता बुझिन् उनले । 

उनका श्रीमानले पाएको अपाङ्ग भत्ताले चामल किनेर गुजारा गर्दै आएकी उनले जनप्रतिनिधिको सहायताले नागरिकता पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप