बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : विचित्रको कानुन

शनिबार, २७ भदौ २०७७, १० : २९
शनिबार, २७ भदौ २०७७

बडा विचित्रको जङ्गली कानुन 
सूर्योदयसँगै एउटा 
ज्यान पाल्न दौडन्छ 
अको ज्यान बचाउन दौडन्छ !
बडा विचित्रका मानव 
बिहानै एउटा 
पेट पाल्न दौडन्छ 
अर्को पेट फाल्न दौडन्छ ।
बडा बिचित्रको संस्कार 
एउटी नारी 
हवाई जहाज उडाउँछिन् 
अर्की नारी छाउपडी धाउँछिन् ।
बडा विचित्रको कानुन 
एउटै कसुरमा 
हुने खाने ससम्मान उन्मुक्ति पाउँछ 
हुँदा खाने जन्म कैद भोग्दछ !
बडा विचित्रको धर्म 
एउटा मानव मन्दिरभित्र 
लम्पसार पर्दछ 
अर्को मानव ढोकासम्म छुन पाउँदैन । 
बडा विचित्रको राजनीति 
आफ्ना मान्छे 
खोजी खोजी पद भिडाइन्छ 
सक्षम पाखा लगाइन्छ ।
अब बाच्नका लागि ...
पार्टीको छाप लगाउनु पर्छ 
भ्रष्टहरुको नाता  पर्नुपर्छ 
कालाबजारी मित हुनुपर्छ 
पुलिस प्रशासन् दाहिना हुनु पर्छ 
अड्डा अदालत  मुठीमा  हुनुपर्छ ।
खै  केके हुनु पर्छ केके  ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र केसी
सुरेन्द्र केसी
लेखकबाट थप