शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा थुनुवा, सुरक्षाकर्मी र बैकका कर्मचारी कोरोना सङ्क्रमित

शनिबार, २७ भदौ २०७७, १९ : ५०
शनिबार, २७ भदौ २०७७

कर्णालीमा थुनुवा, सुरक्षाकर्मी र बैंकका कर्मचारीसहित २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरेको आरटी पिसिआर परीक्षणमा आज सुर्खेतका १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

थपिएका ती सँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको संख्या दुई हजार ७७६ पुगेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

“आजको रिपोर्ट अनुसार सङ्क्रमित हुनेमा तीन जना थुनुवा, आठ जना सुरक्षाकर्मी र तीन जना बैंकका कर्मचारीहरु रहेका छन्,” उनले भने, “अब सबै क्षेत्रले सरकारले निर्देशन गरेको जनस्वास्थ्य मापदण्ड पालना गर्नुको साथै आत्मानुशासित हुन जरुरी छ ।”

हरेकले भौतिक दूरी कायम गरेर आफ्ना गतिविधि सञ्चालन गर्न सके सङ्क्रमण कम हुने उनको भनाई थियो । त्यसैगरी पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेमा सुर्खेतका छ, दैलेख पाँच, बर्दियाका तीन, कालिकोट, सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका एक÷एकजना रहेका छन् ।  

आज १६ जनाले कोरोना सङ्क्रमण जितेसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल सङ्ख्या दुईहजार ३९५ पुगेको र सक्रिय बिरामीको सङ्ख्या ३७५ जना रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप