शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कंगनाको पुरानो भिडियो भाइरलः भनेकी थिइन्, ‘घरबाट भागेको डेढ–दुई वर्षमा फिल्म स्टार थिएँ, ड्रग एडिक्ट थिएँ’

आइतबार, २८ भदौ २०७७, ०७ : ५३
आइतबार, २८ भदौ २०७७

नायिका कंगना रनौत एकपछि अर्को गर्दै विवादले घेरिँदै गएकी छिन् । अब ट्वीटरमा उनको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनले आफूलाई लागुऔषधको दुर्व्यवसनमा फसेको बताएकी छिन् । यो भिडियो कंगना आफैंले इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।

के छ भिडियोमा ?

सोसल मिडियामा भाइरल भिडियोमा कंगनाले भनेकी छिन्, ‘म घरबाट भागेको डेढ–दुई वर्षमा फिल्म स्टार बनेकी थिएँ, एक ड्रग एडिक्ट बनेकी थिएँ । मेरो जीवनमा धेरै कुरा चलिरहेका थिए । म यस्ता मानिसहरुको हातमा परेकी थिएँ जहाँ यस्ता प्रकारका खतरनाक कुरा मेरो जीवनमा चलिरहेको थियो ।’

एक प्रयोगकर्ताले भिडियो सेयर गरेः

बलिउडमाथि लगाएकी थिइन् आरोपः

कंगनाको भिडियो यस्तो समय भाइरल भइरहेको छ जब उनले बलिउडमा भारी मात्रामा ड्रगको उपयोगको विषयमा आरोप लगाएकी थिइन् । केहि दिन अघि मात्रै कंगनाले ९९ प्रतिशत फिल्म इन्डष्ट्रि कोकिनको आडमा चलेको आरोेप लगाएकी थिइन् । नायिकाले रणवीर सिंह, रणबीर कपुर, विक्की कौशलजस्ता ठूला कलाकार र फिल्म निर्माता आयान मुखर्जीले आफ्नो रगत परीक्षण गर्नुपर्ने बताएका थिइन् ।

कंगनाले भनेकी थिइन्, ‘लागुऔषध कारोबारीसँग कुनै सम्बन्ध भए मुम्बई छोडिदिन्छु’

केहि दिन अघि कंगनाले ट्वीटरमा मुम्बई प्रहरीले उनको रगत परीक्षण गराओस् भनेकी थिइन् । यसो भए, उनी निकै खुसी हुने उनले बताएकी थिइन् । उनको कल रेकर्डको अनुसन्धान गरियोस् भनेर पनि इच्छा जताएकी थिइन् । यसमा उनले भनेकी थिइन्, ‘यदि मेरो लागुऔषध कारोबारीसँग कुनै सम्बन्ध निस्किए र यदि म गलत प्रमाणित हुन्छु भने म सधैंका लागि मुम्बई छोड्नेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप