शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो

आइतबार, २८ भदौ २०७७, १२ : ४६
आइतबार, २८ भदौ २०७७

एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् ।

जापानी ट्वीटर प्रयोगकर्ता यूको मोहरीले सबैभन्दा पहिले यो तस्बिर पोस्ट गरेका हुन् । उनको यो पोस्टलाई २० हजार पटक सेयर गरिसकिएको छ ।

उक्त तस्बिरमा देखिए अनुसार एउटा साँघुरो भर्याङमाथि एक तल्ले घर बनेको जस्तो देखिन्छ । यस्तो घरले संसारभरीका धेरैलाई चकित पारेका हुनसक्छ, अझ त्यसमाथि पनि भूकम्प आइरहने जापानजस्तो देशमा यस्तो घर बन्नु चकित नै पारिदिन्छ ।

उक्त ‘च्याउ घर’ जापानको आजुमिगावा टाउनमा अवस्थित छ । यो घर किन यस्तो बनाइयो, यसको कारण भने पत्ता लाग्न सकेको छैन । - अडिटी सेन्ट्रल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप