केन्द्रीय संस्करण

निहित स्वार्थ केन्द्रित राजनीतिको अनिवार्य अवसान

person explore access_timeभदौ २८, २०७७ chat_bubble_outline0

सत्तासीन पार्टीका ठालु नेताले खुट्टा नटेकेकोमा पार्टीभित्र असन्तुष्टि व्यापक बनेको छ । सबैले देखाउने गरेको नेतृत्वको एकअर्कालाई नङ्ग्याउने र सबै नाङ्गिने नौटङ्की ७९ दिनपछि टुङ्गिएको छ । बालुवाटार, खुमलटार, भैँसेपाटी र शीतल निवास र यिनको फेरो लगाउँदा छताछुल्ल भएको दुई तिहाइको दम्भ एक बल्ड्याङ खाएर उत्तानो परेको छ । वाम अवतारको अवतरणले फेरिएका नेतागणको गठजोडले फेरि यसको विधि, पद्धति र जनवादको ढोँगले हारेको छ । यो पार्टीको आन्तरिक लोकतन्त्रको असली औकात उदाङ्गो भएको छ । हुन त यो दीर्घरोग सबै पार्टीमा उस्तै उस्तै छ । फरक केही छ भने यिनीहरुसग चुर्लुम्म डुब्न सत्ताको चास्नी छ । तर यिनकै घरभित्र रहेका अरू विरोधी र दायाँ बायाँ रहेका विपक्षीसँग यस्तो चास्नी त छैन तर डाडुपन्यु चलाउने सत्तासीन शासक पालाको पैँचो तिर्न भने चुकेका छैनन् । यो कुरा मिलेमतो र बाँडफाँटमा प्रस्ट देखिन्छ ।

यी सबै मिलेर लोकतन्त्र भनिने शासन व्यवस्थालाई नै ठगतन्त्र, झुटतन्त्र र लुटतन्त्रमा परिणत गरेर कुरूप बनाएका छन् । सत्ता राजनीति सर्वसत्तावादी उन्मादले लुटेराकोे अखडा बन्दै जाने क्रमसँगै निरन्तर बिघटित हुँदै गएको छ । हुन त समय पछाडि फर्किंदैन तर तत्कालका लागि नेपाली समाज अराजकता र दिशाहीनतर्फ उन्मुख हुँदै दुर्घटिततर्फ उन्मुख छ । सँगै समय र स्थान फेरिएसँगै फेरिन नसकेका पार्टी र तिनका ढोँगी सारथि देखेर आक्रोशित कार्यकर्ता र नागरिकले सत्ताका खलनायक र सरकारी अकर्मण्यताको मनमनै विरोध गर्न थालेका छन् । मधुरा नै भए पनि सबैतिर अब त भएन है भन्ने आवाजहरु गुन्जिन थालेका छन् । यी सबै कुराले हामीलाई कहाँ चुक्यौँ भनेर इतिहासका पाना पल्टाउन उद्येलित बनाएको छ ।

अहिले राजनीतिको मूल प्रवाहमा रहेका नेपालका राजनीतिक शक्ति शृङ्खलाबद्ध टुटफुट हुँदै पतनको सँघारमा छन् । यस्तो पतन फेरिएको सन्दर्भमा आफैलाई फेर्न नसक्ने संस्थाको जीवनचक्रको स्वाभाविक नियति हो । यो दुर्दशा हुनुमा यसकोे नेतृत्वको मुकट्टा संकृतिले बढाएको अहंकार र सर्वज्ञानको आशक्ति मुख्य रूपमा जिम्मेवार छ ।

अहिले राजनीतिको मूल प्रवाहमा रहेका नेपालका राजनीतिक शक्ति शृङ्खलाबद्ध टुटफुट हुँदै पतनको सँघारमा छन् । यस्तो पतन फेरिएको सन्दर्भमा आफैलाई फेर्न नसक्ने संस्थाको जीवनचक्रको स्वाभाविक नियति हो । यो दुर्दशा हुनुमा यसकोे नेतृत्वको मुकट्टा संकृतिले बढाएको अहंकार र सर्वज्ञानको आशक्ति मुख्य रूपमा जिम्मेवार छ । सँगै यिनको यस्तो कुटिल सोचमा प्रश्न उठाउन साहस जुटाउन नसकेका निरिह कार्यकर्ता र यिनबाट राजकाज सम्भव भएन है भन्नसम्म नसक्ने नागरिक समाज उत्तिकै जिम्मेवार छन् । यसको परिणाम अब बृहत् नेपाली समाज यी सबैका कमजोरीलाई क्षमा दिनसमेत नसक्ने गरी विक्षिप्त हुँदै गएको छ । आम जनसमुदायको भित्रभित्रै चुलिँदै गएको वितृष्णा र आक्रोशको ज्वालामुखी समयमै र सचेततापूवर्क  सम्हाल्न नसक्ने हो भने भयानक विस्फोटको तयारीमा छ । हामी यस्तो दुरुह स्थितिमा किन र कसरी पुग्यौँ ? थाहा पाउन केही केही पछाडि फर्केर हेर्नै पर्छ । 

सामान्यतया सत्ताका लागि गरिने संस्थागत राजनीतिमा वैचारिक र साङ्गठानिक आयाम महत्त्वपूर्ण हुन्छन् । भविष्यमुखी दृष्टिकोणको वैचारिक स्पष्टताले चेतनशील जनमत र यसको जालो तयार हुन्छ भने यसका स्थापित मूल्य मान्यताका आधारमा यो जालो बिस्तार हुन्छ । आफ्नो दृष्टिकोण र यसका मूल्यमान्यता स्थापित गर्न सङ्गठित आन्दोलनहरु चलिरहन्छन् । यो प्रक्रियाले यो आन्दोलनको अगुवाइ गर्ने समूहलाई राजकाज सञ्चालन गर्ने हैसियत प्राप्त हुन्छ । यो बृहद् लोकतान्त्रिक राजनीतिको स्वाभाविक प्रक्रिया हो । यस अर्थमा सत्ता राजनीति गर्ने सबै संस्थाका जीवनमा अभियान  र राजकाज यी दुई फरक प्रकृतिका भूमिका सधैँ अपेक्षित हुन्छन् र यी दुवैका लागि चाहिने ज्ञान, सीप, क्षमता र दृष्टिकोण पनि फरक फरक नै हुन्छन् । खासगरी अभियानका लागि आस जगाउने भविष्यमुखी दृष्टिकोणको अपेक्षा हुन्छ भने राजकाजका लागि सङ्क्रमण व्यस्थापनको कौशलता चाहिन्छ । अहिलेका सत्तासीन पार्टीहरु पनि सामाजिक आन्दोलनको यही मान्यताका जगमा स्थापित भएका हुन् । तर अहिलेको सत्ता र शासनको समीकरण र यसको मर्म केलाउने हो यी पार्टीहरुले राजनीतिको यो आधारभूत मान्यताको जगमा उभिन सकेनन् ।

यी पार्टीहरु २०औँ शताब्दीको मार्क्सद्वारा प्रतिपादित समाजवादी समाजको दृष्टिकोणको जगमा ०३६ देखि ०४६ सालको १० वर्षको आन्दोलनको तयारीमा होमिएका आन्दोलनकारीको बलमा बनेका हुन् । यिनले ०४७ को पहिलो जनआन्दोलनका बलमा समाज परिवर्तनका बाहक बन्न थप सङ्गठित हुँदै राजकाज गर्न योग्यता हासिल गरेका हुन् । यिनकै जोडबलमा पहिलो जनआन्दोलनका उपलब्धिले मात्र नेपाली समाज नफेरिने भयो भन्दै १० वर्षे जनयुद्ध सुरु भएको थियो । उत्साहित भए गरिएको जनयुद्ध र दोस्रो जनआन्दोलनले झण्डै ३०० वर्ष पुरानो राजसंस्थालाई ध्वस्त बनायो । यसका नाइके राजालाई हटाएर नामकै भए पनि समाजवाद उन्मुख सङ्घीय गणतन्त्र स्थापित समेत भएको हो । तर यो बीचमा राजाबाट यी आन्दोलनकारी पार्टीहरुमा सरेको राजकीय अधिकारको दुरूपयोग गरी यिनका नाइकेले यसलाई निम्नकोटिकोे केन्द्रीकृत संसदीय व्यवस्थामा मात्र रूपान्तरण गरेनन् अहिले आफैलाई असङ्ख्य रजौटामा परिणत गरेका छन् ।

त्साहित भए गरिएको जनयुद्ध र दोस्रो जनआन्दोलनले झण्डै ३०० वर्ष पुरानो राजसंस्थालाई ध्वस्त बनायो । यसका नाइके राजालाई हटाएर नामकै भए पनि समाजवाद उन्मुख सङ्घीय गणतन्त्र स्थापित समेत भएको हो । तर यो बीचमा राजाबाट यी आन्दोलनकारी पार्टीहरुमा सरेको राजकीय अधिकारको दुरूपयोग गरी यिनका नाइकेले यसलाई निम्नकोटिकोे केन्द्रीकृत संसदीय व्यवस्थामा मात्र रूपान्तरण गरेनन् अहिले आफैलाई असङ्ख्य रजौटामा परिणत गरेका छन् ।

यस्तो कुशासनको अभ्यास माथि प्रश्न उठाउनुको साटो यसैबाट मलाई के फाइदा होला भन्नेमा मात्र ध्यान दिने कार्यकर्ता र समर्थक बनाउन सक्नु नै अहिलेको अहंकारी र ढोँगी नेतृत्वको सफलता हो भने यसैमा रमाएर यिनैका चोचोमोचोमा आफ्नो भाग्य पर्गेल्ने सोच कुइराको काग बन्दै गरेका परनिर्भर कार्यकर्ता वा दास प्रवृत्तिको नियति हो ।

अहिले अत्यन्त साँघुरो व्यक्तिगत स्वार्थ र गुटका वरिपरि मात्र केन्द्रित नेता र यिनै गुटका गोटी बनेका कार्यकर्ताहरु यिनका दास बन्दै कित्ताकाटमा रमाएका छन् । हुँदा हँुदा सार्वभौम भनिएका सांसदले समेत कित्ताकाट नहुने उद्घोष गरेर यो संसदीय व्यवस्थाको खिल्ली उडाएका छन् । यो महावाणि चोरको खुट्टाकाट भन्नु भन्दा पहिले नै खुट्टा झिक्नु भन्दा के कम छ र ?

यी सबै कुराले नेपाली राजनीतिको अहिलेको जग भत्काएर नयाँ जग हाल्न तयार हुनुको विकल्प छैन । किनकि यो पुरानो ढाँचाको राजनीतिको घर भूकम्पका बेला रातो स्टिकर लगाएको जस्तै जगैदेखि भत्काउनुपर्ने अवस्थामा पुगेको छ । तर यो कुरा गर्दा यसरी भत्काउनुपर्ने घरले अहिलेसम्म दिएको ओत खासगरी नेपाली समाज उन्नत बनाउन गरिएका राजनीतिक आन्दोलनलाई भरथेग गरेको कुरामा यिनको योगदानको कदर गर्न कन्जुस्याइँ गर्नु हुँदैन । सँगै यो पुराना घरमा हजारौँ नयाँ घरका लागि काम लाग्ने सामान छन् भन्ने समेत बिर्सनु हुँदैन ।

अबको राजनीतिक आन्दोलनले अहंकारी नेतृत्व, निकम्मा कर्मचारी तन्त्र र यीसँगको सहवासमा नेपाल र नेपालीलाई  परनिर्भरताको साङ्ग्लोमा बाँध्न सघाउने बिचौलियाको गठजोड बढार्ने हैसियत भएको सङ्क्रमणकालीन नेतृत्व जन्माउन सक्नुपर्छ । सचेतता र सावधानीपूर्वक यस्तो नेतृत्व र आन्दोलनको बलमा नयाँ घरको जग बनाउन नसक्ने हो नेपाली राजनीतिको सङ्क्रमणकालीन यात्रा अझै लामो मात्र हुनेछैन झनै कष्टकर समेत हुनेछ । किनकि गुटका गोटी फेरेर या यिनै निकम्मा पार्टी र नेता साटेर यो देशको मुहार फेरिँदैन । तसर्थ स्वार्थ बाझिएर टुक्रिएका र टुक्रिन तयार भएका पार्टीहरुलाई कुरीकुरी भन्दै हौसिने मात्र भन्दा यिनलाई जगैदेखि भत्काएर राजनीतिको नयाँ जग निर्माण गर्न खुट्टा टेकेर उभिने जो कोहीलाई सघाएर मात्र हाम्रो भविष्य राम्रो बनाउन सकिन्छ । जति नै ढिलो भए पनि राजनीतिको मूल ढाँचा र मूल्यमान्यता फेर्ने अठोटबिना नेपाली समाजको उन्नतितर्फको यात्रा सम्भव छैन भन्ने बुझ्नु र बुझाउनुको विकल्प छैन ।

यस्तो राजनीतिक पुर्जागरणको यात्रा तय गर्न भने निकै सावधानीपूर्वक फर्केर हेर्दै पाइला चाल्नु पर्छ । अब हामी कसैलाई पनि पुरानै गल्ती दोहोर्याउने छुट छैन । यो कुरा अहिले मूल प्रवाहमा रहेका सबैभन्दा कान्छा र ठूलाकान्छा पार्टीहरुले समेत हेक्का राखे हुन्छ । यिनले पनि ठुल्दाइहरुको सिको गरेर अरूका ठूला गल्ती र समाजका कमजोरीको फाइदा लिएर शासन सत्ता त कुनै दिन हात पार्लान् तर यही सोचको धरातलले नेपाल र नेपालीको मुहार भने फेरिँदैन ।

अबको समाजको नेतृत्व मानव मात्र केन्द्रित वाद वा प्रतिवादको साँघुरो घेराभन्दा माथि उठेको हुनुपर्नेछ । सारमा, यो मूल रूपमा प्राकृतिक प्रणालीमा भएको स्वअस्तित्व र परस्पर निर्भरताको मूल सिद्धान्तमा आधारित हुनुपर्नेछ । यी दुईको सन्तुलित दृष्टिकोणबिना गरिने राजनीतिक यात्रा फेरिएको प्रविधि, प्रवृत्ति र प्रकृतिको सन्दर्भमा अब व्यावहारिक हुँदैन ।

यस अर्थमा अबको समाजको नेतृत्व मानव मात्र केन्द्रित वाद वा प्रतिवादको साँघुरो घेराभन्दा माथि उठेको हुनुपर्नेछ । सारमा, यो मूल रूपमा प्राकृतिक प्रणालीमा भएको स्वअस्तित्व र परस्पर निर्भरताको मूल सिद्धान्तमा आधारित हुनुपर्नेछ । यी दुईको सन्तुलित दृष्टिकोणबिना गरिने राजनीतिक यात्रा फेरिएको प्रविधि, प्रवृत्ति र प्रकृतिको सन्दर्भमा अब व्यावहारिक हुँदैन । खासगरी मानव समाजको सामाजिक सङ्गठनको मूल ढाँचा राजनीतिलाई प्रकृतिको सहअस्तित्व र एकआपसको सहकार्यको नियमसम्मत बनाउँदै लैजाने दूरदृष्टिले मात्र अग्रगामी मानवीय मूल्य मान्यतामा आधारित समतामूलक र दिगो मानव समाजको निर्माण सम्भव हुन्छ ।

अबको राजनीतिको ढाँचामा राजनीतिक शक्तिको स्रोत व्यक्तिमा निहित हुने र यसको आर्जन आपसी अन्तरसम्बन्धको जालोबाट विस्तारित हुने प्रकृतिको व्यावहारसम्मत हुनुपर्नेछ भने यसका मूल्य मान्यता मानवको मात्र हितमा केन्द्रित साँघुरो घेराबाट हैन, मानव संस्कृति, सामाजिक व्यावहार र दिगो प्रकृतिको सन्तुलित मापदण्डबाट निर्धारित हुनुपर्नेछ । अबको प्रगतिशील मानव समाज मानवको आफ्नै सिर्जनाशीलताको उपज ज्ञान, सीप र प्रविधिलाई मानिस, समग्र प्रकृति र यसको अन्तरसम्बन्ध प्रवद्र्धन मान्यताको जगमा चलायमान हुनेछ । यस अर्थमा मुख्यतः हामीले अहिलेको जस्तो यान्त्रिकता, कृत्रिम बौद्धिकता र प्रविधि नियन्त्रित तहगत र व्यक्ति केन्द्रित दृृष्टिकोणभन्दा माथि उठेर जैविक सोच, मानवीय बुद्धिमत्ता र प्राकृतिक जालोको मर्मतर्फ फर्किने दृष्टिकोण बनाएर मात्र मानव समाज उन्नत बनाउन सकिन्छ भन्ने कुरा आत्मसात गरिएको मूल्यमान्यतामा आधारित हुनु पर्नेछ ।

यसरी हेर्दा अबको राजनीति आधारमूत रूपमा तीनवटा मान्यताबाट निर्दिष्ट भएर अघि बढाउन सकिन्छ । पहिलो, यसले म, हामी र प्रकृतिको सन्तुलित र समान अस्तित्व स्वीकार गरेको हुनु पर्नेछ । दोस्रो, राजकाजको राजनीति मानव मानव र प्रकृति मानव अतरसम्बन्धको अन्तर्य र मर्मका आधारमा सङ्गठित गर्नुपर्नेछ । तेस्रो, प्रकृतिको नियमबाट सिकेर मानव समाजलाई निरन्तर गतिशील जालोको रूपमा उन्नत बनाउनु पर्नेछ  ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.