शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषामा झडप, दुई दर्जन बढी घाइते

आइतबार, २८ भदौ २०७७, १५ : २९
आइतबार, २८ भदौ २०७७

जनकपुर । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ७ स्थित नवटोली टोलमा शिव मन्दिरमा फोहोर फ्यालेको विषयलाई लिएर आइतबार झडप भएको छ । झडपमा कम्तीमा २ दर्जनभन्दा बढी व्यक्ति घाइते छन् ।
झडपमा विनय कुमार यादव, राकेश यादव, कृष्णा यादव, सरोज यादव, संजय साफी, मकेश यादव, निभा ठाकुर, जुमैदा खातुन, मैमुन खातुन, मोबारक नदाफ, गुलाम नदाफ, तस्लिम नदाफ, हसिना खातुन, हस्मत खातुन, मुमताज नदाफ, जमाहिर नदाफ, समसुद्दिन नदाफ लगायतका घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहको छ ।

नवटोलीमा रहेको दुधहा पोखरीको छेवैमा रहेको नवनेश्वरनाथ महादेव मन्दिर शिलान्यास स्थलमा मुस्लिम समुदायले फोहोर फ्यालेको विषयलाई लिएर विवाद भएको हो ।

पोखरीको डीलमा मन्दिर निर्माण गर्न नदिने मुस्लिम समुदायले अडान लिएपछि विवाद सिर्जना भएको धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । 
झडपपछि ३० जनाको प्रहरी टोलीले गस्ती थालेको प्रहरीले जनाएको छ  । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अलग अलग टोलीले गस्ती गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप