भारतद्वारा बाढी पहिरोबाट प्रभावित जिल्लामा राहत सामाग्री प्रदान
काठमाडौं । भारत सरकारले बाढी पहिरोबाट प्रभावित नेपालका विभिन्न जिल्लामा राहत प्रदान गरेको छ । टेन्ट तथा त्रिपाललगायतका सामग्री जनता समाजवादी पार्टीकी नेतृ एवं सांसद चन्दा चौधरीलाई प्रदान गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
सो राहत सामग्री कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गरिने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । भारत सरकारको तर्फबाट दूतावासका नियोग उपप्रमुख नामग्य सी.खम्पाले सांसद चौधरीलाई सो सामाग्री प्रदान गरेको दूतावासले जनाएको छ ।
भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत उक्त राहत सामाग्री नेपाललाई दिएको हो । सो राहत सामाग्री आजै प्रतिनिधिसभामा सभामुख अग्नी सापकोटाको निर्वाचन क्षेत्रमा वितरण गरिने जनाइएको छ । सिन्धुपाल्चोकको बाह्रविसेमा हिजो आएको पहिरोबाट ठूलो जनधनको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
-
‘बजेट बढाउने र कार्यान्वयन गर्ने दुवै चुनौती छ’
-
२०७२ को विनाशकारी भूकम्प : सम्झनामा बृहत् फोटो प्रदर्शनी, तस्बिरहरू