रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने
एजेन्सी । रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ । अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दावी गरेका छन् ।
स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सकिने अध्ययनकर्ताहरुको भनाइ छ । भावी स्वास्थ्य अवस्था र स्वास्थ्य चुनौतीलाई रगतमा रहेको भिटामिन ‘डी’को अवस्थाका आधारमा भन्न सकिन्छ, अध्ययन प्रतिवेदनमा लेखिएको छ ।
भिटामिन ‘डी’को अध्ययनले कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा थप अध्ययन अनुसन्धान गर्न र विवरणहरु पत्ता लगाउन पनि सघाउन पुर्याउने अध्ययनकर्ताहरुले बताएका छन् । बेल्जियमको फ्युनिभर्सिटी हस्पिटल्स लेउभेन’का डा लिन एन्टोनिओको टोलीले भिटामिन ‘डी’ र स्वास्थ्यको पूर्वानुमानका बारेमा अध्ययन गरेको हो ।
अध्ययनमा ४० देखि ७९ बर्षसम्ममा मानिसहरुलाई समावेश गरिएको थियो । उनीहरु माथि सन् २००३ देखि २००५ सम्म अध्ययन गरिएको थियो । अध्ययनमा एक हजार ९७० जना संलग्न भएका थिए । अध्ययनको नेतृत्वकर्ता डा एन्टोनिओले भने- “भिटामिन डिको अवस्थाको अध्ययनले तत्कालिन स्वास्थ्य अवस्थादेखि भविष्यमा आउनसक्ने स्वास्थ्य चुनौती र मृत्युसम्मको कुरालाई पनि पुर्वानुमान गर्न सक्ने देखिन्छ ।” उनको टोलीले गरेको अध्ययनको प्रतिवेदन हालै मात्रै तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास