शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाटकीय पतनसँगै अस्ट्रेलिया पराजित, इङ्ल्याण्डद्वारा शृङ्खलामा बराबरी

सोमबार, २९ भदौ २०७७, ०७ : ५३
सोमबार, २९ भदौ २०७७

विश्वविजेता इङ्ल्याण्डले दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलियामाथि २४ रनको जीत हासिल गर्न सफल भएको छ । जीतका लागि २ सय ३२ रनको लक्ष्य पछ्याउँदा अस्ट्रेलियाले ४८.४ ओभरमा मात्र २०७ रन बनाउन सक्यो ।

कुनै समय दुई विकेटको क्षतिमा १४४ को बलियो स्थितिमा रहेको अस्ट्रेलियाको नाटकीय पतन भएको थियो । क्रिस वोक्स जोफ्रा आर्चरले घातक बलिङ गरेपछि अस्ट्रेलियाले २१ बलमा मात्र तीन रन बनाउँदै चार विकेट गुमाएको थियो ।

अस्ट्रेलियाले आफ्नो अन्तिम ८ विकेट मात्र ६३ रनमा गुमाउनु पुग्यो । अन्तिम विकेटका लागि एलेक्स केरी र जोस हेजलवुडले ३१ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई झिनो आशा दिलाए पनि जीतका लागि पर्याप्त हुन सकेन ।

अस्ट्रेलियाका लागि एरोन फिन्चले सर्वाधिक ७३ रन बनाए भने वोक्स र आर्चरले ३–३ विकेट लिए ।

यसअघि, एडम जाम्पाले तीन विकेट लिँदा इङ्ल्याण्ड आठ विकेटको क्षतिमा १४९ रनको अवस्थामा पुगेको थियो । तर, अडिल रशिद र टम करानको मद्दतले इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३१ रन बनाएको थियो । इयोन मोर्गनले सर्वाधिक ४२ रन बनाए ।

जीतसँगै शृङ्खला एक–एकको बराबरीमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप