शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्कृष्ट पुनरागमन गर्दै थिमलाई यूएस ओपनको उपाधि

सोमबार, २९ भदौ २०७७, ०८ : ५६
सोमबार, २९ भदौ २०७७

अस्ट्रियाका डोमिनिक थिमले दुई सेटले पछि परेको स्थिति उल्टाएर अलेक्सान्डर जेभरेभलाई हराउँदै यूएस ओपनको उपाधि जित्न सफल भएका छन् ।

दोस्रो सीडका २७ वर्षीय थिमको यो पहिलो ग्रान्ड स्लाम उपाधि हो । यसअघि, खेलिएका सबै तीन फाइनल उनले गुमाएका थिए ।

लगातार दुई सेट हारेर पुनः अर्को पराजयतर्फ अग्रसर रहेको बेला पहिलो फाइनल खेलिरहेका २३ वर्षीय जेभरेभले महत्त्वपूर्ण समयमा गरेको गल्तीको फाइदा थिएमले उठाए ।

थिमले अन्ततः २–६, ४–६, ६–४, ६–३ र ७–६ (८–६) ले खेल आफ्नो पक्षमा पारे । दुई सेट हारेर पछि परे पनि कुनै पनि खेलाडीले ग्रान्ड स्लाम उपाधि जितेको सन् २००४ पछि पहिलो पटक हो । त्यतिबेला अर्जेन्टिनाका गास्टोन गाउडियोले फ्रेञ्च ओपनमा यो उपलब्धि हासिल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप