रंगभेदको आरोप लगाउँदै नेयमारले भने, ‘त्यसलाई मुखमा नहिर्काएकोमा मलाई पछुतो छ’
रंगभेदको आरोप लगाउँदै पेरिस सेन्ट जर्मेनका स्टार नेयमारले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई मुखमा नहिर्काएकोमा आफूलाई पछुतो रहेको बताएका छन् ।
आइतबार पीएजसी र मार्सेबीच भएको खेलमा दुई टोलीका खेलाडीहरु इन्जुरी समयमा एक आपसमा भिडेका थिए । झडपमा भाग लिएका दुई टोलीका पाँच खेलाडीलाई रातो कार्ड देखाइएको थियो ।
गोन्जालेजको टाउकोमा पछाडीबाट हिर्काएकोमा नेयमारलाई पनि रातो कार्ड दिइएको थियो । मैदानबाट निस्कने क्रममा उनले स्पेनिस डिफेन्डरमा रंगभेदको आरोप लगाए ।
खेलपछि सामाजिक सञ्जालमा आक्रोश पोख्दै उनले थपे, ‘त्यसलाई मुखमा नहिर्काएकोमा मलाई पछुतो छ ।’
मार्सेका म्यानेजर आन्द्रे भिल्लास बोआसले भने गोन्जालेजको समर्थन गर्दै एन्जेल डि मारियाले आफ्ना एक खेलाडीमाथि थुकेको आरोप लगाए ।
गोन्जालेजले रंगभेदी टिप्पणी गरेको बारे गरिएको प्रश्नमा उनले भने, ‘मलाई लाग्दैन, किनभने अल्भारो अनुभवी खेलाडी हुन् । फुटबलमा रंगभेदको स्थान छैन, तर मलाई यहाँ यस्तो भएको लाग्दैन ।’
खेलमा पीएसजी १–० ले पराजित भएको थियो । सन् १९८४–८५ सिजन यता पीएसजी शुरुवाती दुई खेलमा पराजित भएको यो पहिलो अवसर हो । पहिलो खेलमा पीएसजी लेन्ससँग १–० ले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै